पवन प्रकृतिका स्काउटको दिक्षा

ललितपुर । पवन प्रकृति इंगलिस सेकेण्डरी स्कूल इमाडोलमा गठन भएको पवन प्रकृति स्काउट ट्रुपका २ दर्जन प्रशिक्षार्थी स्काउटलाई दिक्षा दिइएको छ ।
सो विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राई तथा स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाले संयुक्तरुपमा नवदिक्षित स्काउटलाई स्कार्फ तथा स्काउटको ब्यायजहरु दिएका थिए ।
केही महिनाअघि मात्रै गठन गरिएको पवन प्रकृति स्काउट ट्रुपमा आवद्ध सो विद्यालयका कक्षा ६ का विद्यार्थीहरुलाई पहिलोपटक स्काउट दिक्षा दिइएको हो । विद्यालयमा स्काउट गुरुहरु शिवकुमार त्वायना तथा बलराम प्यासीले स्काउट कक्षा सञ्चालन गर्दै आएका छन् । सो विद्यालयमा स्काउट समितिको अध्यक्ष विद्यालयका प्रिन्सिपल उत्तरकुमार राई छन ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव