विश्व कविता दिवसमा ‘धराली आमा’ ले सबैलाई रुवायो

भक्तपुरका चर्चित कवि हरिहर तिमल्सिनाले चैत्र ७ गते भक्तपुरको दत्तात्रयस्थित रविन्द्र पुरीको नमुना घरमा आयोजित विश्व कविता दिवसमा सहभागी सबैलाई रुवाए। कसैले आँसु झारे त कसैले बलजफ्ती थामे।
उनको कविताले बताएकी आमाको कथाले सबैको मुटु निचोरियो। एउटी आमा जसले आफ्नो छोराको अध्ययनका लागि, उसको समृद्धिका आगे आफ्ना सबै नराम्राहरूलाई विर्सेकी हुन्छिन् उनै आमालाई ती छोराले ठूलो भएपछि विरानो देशमा पराइ व्यवहार गर्दा कसरी पीडित भइन् उनी, उनको दुख अनि सन्तानप्रतिको माया तिमल्सिनाको कविता ‘धराली आमा’ले सशक्त रूपमा अभिव्यक्त गरेको थियो।
२०७१ सालदेखि हरेक वर्ष मार्च २१ का दिन भक्तपुरमा देशका प्रतिष्ठित कवि एवं साहित्यकारहरूको जमघट हुँदै आएको छ। नयाँ पुराना सबै पुस्ताका कवि एवं साहित्यकारहरूको स्वछन्द प्रस्तुती कार्यक्रमको विशेषता हो।
नुवागी मिडियाले आयोजना गर्ने गरेको यो कार्यक्रममा यसपालि पनि ३ दर्जन भन्दा वढी कविताहरू वाचन गरिए केही थान गजल गुञ्जिए भने प्रसिद्ध गीतकार सुवासचन्द्र ढुङ्गेल आफ्ना मुक्तकहरू मार्फत कार्यक्रमको रौनक बढाएर गए। विश्व कविता दिवसका दिन आयोजना हुने सो कार्यक्रममा निरन्तर सहभागी भएपछि आफूलाई कविता लेख्ने उत्प्रेरणा मिलेको भन्दै पहिलो पटक शमशेरबहादुर न्हुछेप्रधानले कविता वाचन गरे। त्यस्तै कवि वसन्त नकर्मीले कविता सङ्ग्रह नै निकालेको सुनाए।
पहिलेका वर्षहरूमा भन्दा महिला कविहरूको बाक्लो उपस्थिति रहेको यसपटकको कविता दिवसमा देशका विभिन्न भुगोलको प्रतिनिधित्व गर्न कविहरू उपस्थित भए।
यसपटक कविहरू सीता विष्ट कार्की, तारा केसी, लक्ष्मी थापा, संरीत थापा, रमेशप्रसाद सागर, मीरा अधिकारी, मुरारी सिग्देल, जीतेन्द्र रसिक, रमी श्रेष्ठ, सूर्यलक्ष्मी भोमी, जुनु घिमिरे, रामगोपाल आशुतोष, शरद ऋतु, मनोज विश्वकर्मा, समा श्री, युग सर्वनाम, विक्रम पवन परियार, अंकित तिवारी, नवीनप्रकाश श्रेष्ठ, युवराज पराजुली, सुशील राजोपाध्याय, तेजकृष्ण श्रेष्ठ, प्रज्जवल अधिकारी, ऋचा, प्रेम थापा, भुवन बोहरा, अभय श्रेष्ठ, दिलकुमारी डंगोल, काशीराम बिरस र सुधीर ख्ववि गुञ्जिए।
तीन घन्टा लगातार कविहरूको गुञ्जन सकिएपछि कार्यक्रमका विशिष्ट अतिथि, नेपाली कला साहित्य संगीत सिनेमाका ज्ञाता प्रकाश सायमी, प्रमुख अतिथि, वरिष्ठ चलचित्र निर्देशक, गीतकार तथा साहित्यकार चेतन कार्की र भक्तपुरका संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगः ले वाचन गरिएका कविता र गजलहरूको समीक्षा गर्दै सबैलाई बधाइ र शुभकामना व्यक्त गरे, लेखन र वाचनलाई निरन्तरता दिन सबैलाई उत्प्रेरणा दिए।
:1904 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव