गोल्डेन गेटले मनायो प्राइमरी प्यालेस विशेष अभिभावक दिवस

भक्तपुर । अभिभावक दिवसको दोस्रो श्रृंखलाको रुपमा महाकालीस्थानस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कुलले आफ्नो ३२ औं वार्षिकोत्सव तथा प्राइमरी प्यालेस (कक्षा १—५) को अभिभावक भेला २०७५ सम्पन्न गरेको छ । प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्मका शतप्रतिशत विद्यार्थीहरुले नृत्य, गीत, प्रोजेक्ट प्रस्तुतीकरण, स्पीच, अनुभव शेयरिंग, क्यारिकेचर, ताइक्वांडो काटा, कराते काटा, विशेष प्रतिभा (आवाज अनुकरण, आदि प्रस्तुत गरेका थिए भने प्रस्तुती दिने हरेक विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल तथा को—फाउन्डर सिङ्ग लामाबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा महानगरीय प्रहरी प्रभाग, ब्यासीका सब इन्स्पेक्टर संजय कुमार यादव तथा जिल्ला प्रहरी कार्यालय भक्तपुरकी अस्सिस्टेन्ट सब इन्स्पेक्टर प्रतिमा कार्की अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रमको अध्यक्षता तथा शैक्षिक सत्र २०७५ मा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण विद्यालयका संस्थापक निर्देशक अन्जु जोशीले गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि चन्द्र अधिकारीबाट लगातार २७ वर्षदेखि निरन्तर सेवारत शिक्षिका रीता शर्मालाई ’बियोन्ड सिल्भर जुबिली सर्भिस अवार्ड’, २१ वर्षदेखि सेवारत विजयालक्ष्मी शाक्य लोहलालाई ’गोल्डेन डबल डिकेड सर्भिस अवार्ड’ र १३ वर्षदेखि सेवारत सहयोगी राम जर्लारीलाई ’गोल्डेन डिकेड सर्भिस अवार्ड’ प्रदान गरी सम्मानित गरियो भने गोल्डेन गेट वर्ष शिक्षक सम्मान कार्यक्रम अन्तर्गत प्रमुख अतिथि अधिकारी तथा अतिथि प्रतिमा कार्कीबाट प्राइमरी तहका शिक्षक÷शिक्षिकाहरुलाई विभिन्न टाईटल अवार्डहरु प्रदान गरी सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अभिभावकहरुलाई आफ्नो सन्तानको शिक्षाको लागि गोल्डेन गेटलाई छनोट गरेकामा ’भाग्यमानी’ भएको संज्ञा दिंदै विद्यालयको गुणस्तरीय शिक्षाको अभ्यास, प्रयोगात्मक पिबीएल सिस्टम र विद्यार्थी गुणीय चक्र (एसक्यूसी अभ्यास, आदिको प्रशंशा गरे । अतिथि प्रतिमा कार्कीले बदलिएको डिजिटल युगमा अभिभावकहरुको भूमिका माथि प्रकाश पार्दै समुदाय—प्रहरी सहकार्यको औचित्य औंल्याए । प्रिन्सिपल सिङ्ग लामाले विद्यालयले अभ्यासमा ल्याएको मन्टेसरी पद्दति र बहुआयामिक लर्निंग अचीवमेंट अभिलेखन, मल्टीपल इंटेलिजेंसमा आधारित पिबीएल सिस्टम, एसक्यूसी, बाल शान्ति परिषद, अन्तराष्ट्रीय कार्यक्रमहरु, डिजिटल सूचना प्रणाली र निरन्तर मूल्यांकन, आदिको विषयमा जानकारी दिएका थिए ।

:347 Views

Leave a Reply