आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको प्रशिक्षण सुरू

भक्तपुर, १३ चैत | भक्तपुर नपाद्वारा आयोजित आधारभूत तह (कक्षा १ देखि ५) मा अध्यापनरत शिक्षकहरूको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थी केन्द्रित शिक्षक प्रशिक्षण बुधबारबाट सुरु भएको छ ।
शिक्षकहरुको प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयको सन्तुलन मिलाएर अगाडि बढेमा एउटै शैक्षिक गुणस्तरीय शिक्षा दिन सकिने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरभित्रका सामुदायिक आधारभूत विद्यालयहरूमा मन्टेश्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गरी अनुगमन समेत भइरहेको र अब नगरपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप नयाँ पुस्ताका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोडेर शिक्षा दिने उद्देश्यले विषयगत तालिमको आवश्यकतालाई जोड दिइरहेको बताउनुभयो ।
नगरभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर, विद्यार्थी अनुशासन र शुल्कमा एकरुपता ल्याउने हिसाबले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन पाठ्यक्रमको आवश्यकता भएको बताउनुहुँदै प्रमुख प्रजापतिले शिक्षक–शिक्षिकाहरू प्रविधिमैत्री हुनुपर्ने, फरक विशेषता आवश्यक भएको र विद्यार्थीलाई हीनताबोधको भावनाबाट मुक्त पार्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।
एक घर एक स्नातकको घोषणाले भक्तपुरको शैक्षिक मुहार फेरिएको बताउनुहँुदै प्रमुख प्रजापतिले योग्य र असल नागरिक तयार गर्न शिक्षकहरूले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष तथा कार्यक्रमका संयोजक उकेश कवांले तालिमको उद्देश्यबारे प्रस्ट पार्दै शैक्षिक क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चैत १३–१४ गणित, १५–१६ अंग्रेजी, १७ गते सामाजिक शिक्षा, १८ गते नेपाली र १९–२० गते विज्ञान विषयको प्रशिक्षण सञ्चालन हुने जानकारी गराउनुभयो ।
नगर शिक्षा अधिकारी मेघनाथ रिमालले पाठ्यक्रमको प्रभावकारी उपयोगको निम्ति भक्तपुर नगरपालिकाले शिक्षक–शिक्षिको तालिमलाई अगाडि सारेको र घोकन्ते शिक्षालाई अब निरुत्साहित गरी विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई बोझिलो शिक्षा नभई विद्यार्थीको रुचि र क्षमताअनुसार पढाउनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले शैक्षिक उन्नतिको निम्ति तालिमको आवश्यकता भएको र भक्तपुर नगरपालिकाको उद्देश्य शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने रहेको बताउनुभयो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव