एसईईका सबै परीक्षा स्थगित गर्न निजी विद्यालयको आग्रह

जनकपुरधाम — लगातार दुईवटा विषयको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि निजी विद्यालयले प्रदेश २ को सबै परीक्षा स्थगित गर्न सरकारसँग माग गरेको छ । एन प्याब्सन, प्याब्सन र मधेस प्याब्सनको केन्द्रीय समितिले शुक्रबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।
पछिल्ला दुई दिनको घटनाक्रमपछि परीक्षामा सहभागी हुन विद्यार्थी मानसिक तनावमा देखिएको भन्दै निजी विद्यालयका विभित्र संगठनले परीक्षा स्थगित गरी नयाँ तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा एनप्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले यसअघि सम्पत्र भइसकेको र हुन बाँकी परीक्षाका प्रश्नपत्रहरु सुरक्षित रहेको ग्यारेन्टी नभएकाले परीक्षा स्थगित गरी अर्को तालिका सार्वजनिक हुनुपर्ने बताए । उनले भने ‘दुई दिन लगातार परीक्षा स्थगित भएको छ । विद्यार्थी तनावमा देखिएका छन्, व्यवस्थाका कारण तनावमा परेका विद्यार्थीको जबरजस्ती परीक्षा लिनु उपयुक्त देखिँदैन।’
माध्यमिक तहमा दुईजना नियन्त्रक राख्ने व्यवस्थाका कारण यस्ता त्रुटि देखिएको भन्दै उनले एसइई परीक्षाको औचित्य पुष्टि गर्नसमेत माग गरे । ‘नौ देखि कक्षा १२ सम्म माध्यमिक तह भइसकेको छ, कक्षा १० माध्यमिक तहको न त इन्ट्री न त एक्जिट प्वाइन्ट पर्दछ । त्यसो भए राष्ट्रियस्तरमा किन परीक्षा लिनुपर्यो ?’ सापकोटाले घटना छानबिन गर्न स्वतन्त्र छानबिन समिति बनाउन माग गरेका छन् ।
यसैगरी प्याब्सनका महासचिव कुमार घिमिरेले प्रश्नपत्र बाहिरिने घटना गम्भीर रहेको भन्दै यस्ता घटनाले विद्यार्थी र अभिभावकलाई अपूरणीय क्षति भएको बताए । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई गम्भीरताका साथ लिँदै सरकारले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने घिमिरे बताए । घिमिरेले अन्यायमा परेका विद्यार्थीलाई न्याय दिलाउन आफूहरु सधैं प्रतिबद्ध रहने उल्लेख गरे ।
प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव