गणेशभक्त साखःको एसएलसी अनुभवः ‘ब्ल्याक मार्केटबारे लेख्न सकिनँ’

२००७ साल तिरको कुरा हो । यही भक्तपुरको श्रीपद्म स्कुलमा पढ्दै थिएँ । पछि बम्बई गएँ, मेरो पढाई त्यही भएको हो । मलाई कमर्स पढ्न मन थियो । यहाँ कमर्स कलेज थिएन । त्यसैले बम्बईमा दाबाद कलेज अफ कमर्स एन्ड इकोनोमिक्समा पढेँ । अनि त्यहाँको सबैभन्दा ठूलो कलेज सिद्धेनहाम कलेज अफ कमर्स एन्ड इकोनोमिक्समा पढेँ ।

कमर्समा एसियाकै नामुद सरकारी कलेज हो । श्रीपद्ममा मैले कक्षा ६ सम्म मात्रै पढेँ । त्यसबेला पनि म ‘प्राइभेट’ पढ्थेँ । गोकर्णप्रसाद मास्टर मेरा मुख्य गुरु थिए । त्यस्तै नातीकाजी मास्टरजस्ता दुई–तीनजनासँग पनि मैले ‘प्राइभेट’ पढेँ । एसएसली दिने तयारीमा थिएँ । पुस महिनातिर म बम्बई गएँ । सन् १९४७ देखि ५१ सम्म बम्बई बसेँ ।

पढ्ने भनेर नगए पनि मेरो कमर्स पढ्ने ठूलो इच्छा र नेपालमा कमर्स पढ्न नपाउने भएकाले म त्यहीँ बसेँ । म नेपालमै एसएलसी दिने भनेर प्राइभेट स्कुलबाटै तयारी गर्दै थिएँ, तर अचानक बुबासँग बम्बई गएपछि मैले भारतबाटै परीक्षा दिएँ ।

एसएलसी दिँदा त्यस्तै १९ वर्षजति थिएँ होला । त्यतिबेला विश्वयुद्ध सकिएको थियो । जापानबाट भारतमा मालसामान ल्याउन त बन्द भयो । नेपाल सरकारले पनि पछि गएर माल नपुग्ला, हाहाकार होला भनेर भारतसँग मागेर कोटा लियो कपडाको । कोटामध्येबाट भक्तपुर जिल्लाको लागि एक लाख २३ हजार गज छुट्याइयो । त्यो इम्पोर्ट गर्ने स्वीकृति हामीलाई दिइयो । हाम्रा बुबा कपडाको ठूलो व्यापार गर्नुहुन्थ्यो । सधैँ बाहिरबाट झिकाउने गर्नुहुन्थ्यो,  स्टक पनि थियो । त्यसकै सिलसिलामा हामीसँग कति माल छ भनेर बुझ्न आए ।

चन्द्रबहादुर कर्णेल थिए कमर्स मिनिस्टर । उनको मातहत हाम्रै घरमा आएर ती कर्णेलले ‘तिमीसँग भएको कपडाको लगतले नेपाललाई ६ महिनासम्म पुग्छ’ भनेको अहिले पनि मलाई याद छ । त्यसबेला नेपाल भन्नाले यही काठमाडौं उपत्यका मात्र हो । जनसंख्या पनि थोरै थियो,  तीन शहर मिलाएर एक लाख पच्चीस हजार थियो होला । त्यसको केही महिनापछि नेपालले कोटा माग्न थाल्यो भारतसँग । त्यही एक लाख २३ हजार गज कोटाको माल किन्नका लागि कपडा छान्नुपर्यो ।

मलाई अहिलेसम्म याद आउँछ, एसएलसीको बेलामा दुई–तीनवटा ‘सर्ट एस्सेहरू अर्थात् निवन्धहरू’ सोधिएको कुरा । दोस्रो विश्वयुद्ध सिद्धिएपछि ब्ल्याक मार्केट सुरु भएकाले ‘ ब्ल्याक मार्केट भनेको के हो’ भनेर सोधिएको थियो । त्यो बेला थाहा भएन ।

बुबा बम्बई जान लाग्दा ‘ल तिमी जाने कि मेरो साथमा, मलाई पनि साथी हुन्छ’ भन्नुभयो । हुन्छ भनेर म गएँ । एक हप्तापछि काम सकेर ‘तिमी पढ्छौ यहाँ बसेर ?’ भन्नुभयो बुबाले । म पनि त्यहाँ बसेर पढ्न पाएपछि त केही त हुन्छ भनेर खुसी भएँ । त्यसपछि बुबा एक्लै फर्किनुभयो, म त्यहीँ  बसेँ । पढ्ने भनेर नगए पनि मेरो कमर्स पढ्ने ठूलो इच्छा र नेपालमा कमर्स पढ्न नपाउने भएकाले म त्यहीँ बसेँ । म नेपालमै एसएलसी दिने भनेर प्राइभेट स्कुलबाटै तयारी गर्दै थिएँ, तर अचानक बुबासँग बम्बई गएपछि मैले भारतबाटै परीक्षा दिएँ । यहाँबाट एसएलसी परीक्षा दिन नपाएर पछुतोचाहिँ भएन किनकि म बम्बई जान पाएर दंग थिएँ ।

मैले त्यहीँबाट म्याट्रिक परीक्षा दिएर पास गरेँ । मलाई अहिलेसम्म याद आउँछ, एसएलसीको बेलामा दुई–तीनवटा ‘सर्ट एस्सेहरू अर्थात् निवन्धहरू’ सोधिएको कुरा । दोस्रो विश्वयुद्ध सिद्धिएपछि ब्ल्याक मार्केट सुरु भएकाले ‘ ब्ल्याक मार्केट भनेको के हो’ भनेर सोधिएको थियो । त्यो बेला थाहा भएन । सुरुको समय भएर हो कि । तर अहिले त दुनियाँलाई थाहा छ । अर्को, ‘डिभ्यालुएसन भनेको के हो’ भनेर सोधिएको थियो ।

बुबाले जहाँ मालको अर्डर दिनुभएको थियो,  त्यहाँ हामी एक हप्ता बस्यौँ । बुबा फर्किसक्नुभएपछि पनि म त्यहीँ अरू ६ महिना बसेँ । त्यसपछि साथी भेटेँ काठमाडौंका धीरेन्द्र जोशी । नेपालका विजयशमशेर राणा त्यहाँका राजदूत थिए । उनी बस्न ब्रिटिससँग लिइराखेको फ्ल्याट ताजमहल होटलको ठीक पछाडि थियो ।

उनलाई पाटनका गोविन्दराज जोशीले निकै चाकरी गर्दा रहेछन् । राजदूत यता आउँदा जोशीले मागेर लिइराखेका रहेछन् । मेरो त उनीसँग कुनै लिंक थिएन, तर मसँग बस्ने साथीको सम्पर्क रहेछ । त्यसैले त्यहाँ बस्न दिइयो । हामी दुवै मिलेर परीक्षाको तयारी गर्न थाल्यौँ । महिनाको एक सय दुई रुपैयाँ दश आना थियो त्यो फ्ल्याटको भाडा । तीन वर्ष हामी त्यहाँ बस्यौँ ।

भक्तपुर थातथलो भएका ८९ वर्षीय गणेशभक्त साखः साखः स्टिल्सलगायत अन्य उद्योगमा आवद्ध नेपालका प्रतिष्ठित व्यवसायी हुन्।  

 

 

:413 Views

Leave a Reply