राजस्वि पाठशालामा बृहत स्वास्थ्य शिविर

भक्तपुर, चैत्र १७ राजस्वि पाठशालाको आयोजना तथा नागरिक सामुदायिक अस्पतालको प्रायोजनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बालरोग विशेषज्ञ डा.मोहन सुवेदी र मेडिकल अफिसर डा. मनीषा कार्कीद्वारा स्थानिय व्यक्ति तथा अभिभावकहरूले आफ्नो स्वास्थ्य जाँच गराएका थिए ।
१०० भन्दा बढि महानुभावहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थ्एि । कार्यक्रमका सहयोगी डाक्टरले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रुपमा दिने तथा अभिभावक माझ पौष्टिक आहार सम्बन्धि कार्यक्रमको आवश्यकता औल्याए ।
प्रस्तावित प्रिन्सिपल कान्ति के.सी.ले राजस्वि पाठशाला भक्तपुरमा स्तरिय विधिको मन्टेश्वरी पूर्व प्राथमिक विद्यालयको आवश्यकता पूर्ति गर्न बनेको बताए । स्थापनाकालबाटै आफ्नो सामाजिक दायित्वबारे अभ्यस्त रहन निःशुल्क स्वास्थ्य शिविर गरी निःशुल्क औषधी वितरण गरेको तथा यस्तो कार्य पाठशालाले निरन्तर गरिरहने उनले बताए । कार्यक्रम सफलपार्न सहयोग गर्ने नागरिक सामुदायिक अस्पताल, सोहि अस्पतालका विशेषज्ञ डाक्टरहरू, नर्स, औषधी वितरक, अभिभावक, स्थानियव्यक्ति, पत्रकार लगायतकाालई धन्यवाद ज्ञापन गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव