अब भक्तपुरमै कृषि पढाइ हुने

भक्तपुर, १२ साउन । भक्तपुरको बासु माध्यमिक विद्यालयले विद्यालय तहमै कृषि विषय अध्यापन गराउने भएको छ ।
विद्यालयले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत रहेर आईएस्सी कृषि विषय अध्यापन गराउने विद्यालयले आयोजना गरेको कार्यक्रमा जानकारी दिइएको हो ।
विद्यालयको शैक्षिक गतिविधि लगायत यसै वर्षदेखि पढाइ हुने सो विषयबारेमा विद्यालयका सरोकारवालालाई जानकारी दिन आयोजित कार्यक्रममा विद्यालयले सम्पूर्ण तयारी सकाएको विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईच्याईले जानकारी दिइन् ।
विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र मात्र नभएर सीप पनि दिनका लागि कृषि विषय अध्यापन गराउने बताउँदै प्रअ न्याइच्याईले भक्तपुरको चाँगुनारायण नगरपालिकाको झौखेलमा १३ रोपनी जग्गा भाडामा लिइसकेको पनि जानकारी दिइन् ।
‘हाम्रो मुख्य आधार भनेको कृषि नै हो, मात्र ह्वाइट कलर जब गर्ने प्रवृत्तिले जागिर खाने, स्वावालम्बी बन्ने भावनामा कमी आएको छ, विद्यार्थीलाई पढाइसँगै सीप दिनुपर्छ । सीप भएको खण्डमा रोजगारीको लागि विदेश जाने प्रवृत्तिमा कमी आउँछ ।’ उनले भनिन् ।
सोही कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व परीक्षा नियन्त्रक दोब्बरलाल सिलाकारले कृषिप्रधान देशमा कृषिम्बन्धी पढाइ आवश्यक भएको बताउँदै कृषिमा सुधार नगरी देशको कुनै पनि क्षेत्रमा सुधार नहुने र आत्मनिर्भर नहुने बताए ।
वि.सं. २०१९ सालमा स्थापना भएको बासु माविले गरेको सो कार्यक्रममा कृषि तथा बाली विज्ञान कार्यक्रमका संयोजक सबिन ख्याजू र डिप्लोमा इन कम्प्युटर इञ्जिनिरिङका संयोजक आयुष दुमरुले विषयगत रुपमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाइँले शिक्षालाई व्यावहारिक बनाउनका लागि व्यवहारिक शिक्षा दिने पाठ्यक्रमको आवश्यकतामा जोड दिए । विद्यालयले कृषि पठनपाठन गराउने विषयलाई विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकार, पूर्व प्रअ, पूर्व शिक्षकलगायतले स्वागत गरेका थिए ।
:841 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव