जन्मदिनमा केक नकाट्ने

भक्तपुर सूर्यविनायकस्थित मन्टेश्वरी एजुकेशन वर्ल्ड(प्रि–स्कुल) ले यही चैत्र २२ गते शुक्रबार आफ्नो वार्षिकोत्सव एवं अभिभावक दिवस २०७५ सम्पन्न गरेको छ।

सो अवसरमा विद्यालयमा सञ्चालन भएका विभिन्न खेलकुद प्रतियोगिताहरूमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै एसकेजी कक्षाका विद्यार्थीहरू दीक्षित भए।

प्रदेश ३ का प्रदेश सभा सदस्य तथा शिक्षाकर्मी सुरेन्द्रराज गोसाईले विद्यार्थी राम्रो बनाउन विद्यालय र शिक्षकको मिहिनेतले मात्र नभई त्यसमा अभिभावकको भूमिका अपरिहार्य हुने र अभिभावक स्वयम चनाखो हुनु पर्ने कुरा बताए।

उनले चीन र उत्तर कोरियाका मन्टेश्वरी विद्यालयहरू घुमेपछि सिकेका महत्त्वपूर्ण जानकारीहरू कार्यक्रममा बाँडे।

विद्यालयकी एजुकेनल इन्चार्ज गीता शिलाकारले कार्यक्रममा उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै विद्यालयको प्रतिवेदन पेश गरिन्। त्यस्तै शिक्षासेवी पशुपतिमान प्रधान, भक्तपुर एफएमका अध्यक्ष एवं किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवचन्द्र बज्राचार्य, अभिभावकहरू गणेश रंजित र सुमित्रा माकले पनि आ–आफ्ना भनाईहरू राखे।

विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीका साँस्कृतिक तथा शिक्षक एवं अभिभावकहरूका विविध प्रस्तुतिहरू प्रस्तु गरिएका थिए।

अध्यक्ष प्रजापतिले नयाँ शैक्षिक सत्र २०७६ बाट विद्यालयमा जन्मदिन मनाउँदा चकलेट वितरण एवं केक काट्ने प्रथा हटाएर त्यसको साटो विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व अनुभूत हुने गरि विद्यार्थी जन्मदिन कोषको स्थापना गर्ने जानकारी दिए।

 

:542 Views

Leave a Reply