आदर्श जनप्रेमीका ५४ जना विद्यार्थी दीक्षित

भक्तपुर । भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी इंग्लिस सेकेन्डरी स्कुलकोे चौथो दिक्षान्त कार्यक्रममा ५४ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका सहसचिव जयन्ती सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मध्यपुरथिमि प्याब्सन नगरकार्यसमितिका अध्यक्ष तथा आदर्श जनप्रेमी स्कुलका प्राचार्य निलेश आचार्यले विद्यालयको कार्ययोजना प्रस्तुत गरेका थिए । उनले विद्यालयले विद्यार्थीको सुरक्षाको लागि नर्सरीदेखि कक्षा ३ सम्मलाई ह्याप्पी नेस्टको नामाकरण गरी छुट्टै भूकम्प प्रतिरोधात्मक भवनमा पढाई रहेको बताए । उनले अर्को वर्षदेखि न्युजियल्यान्डको थ्रिडिआई कार्यक्रम लन्च गर्ने र आइसिमासको कार्यक्रम लागु गर्ने बताए ।
कार्यक्रममा यसै विद्यालयबाट एसएलसी÷एसईई दिने बुबा सुवास खड्का र छोरा सुभम खड्कालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा वर्षको अनुशासित, सफा र नियमित विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै हरेक कक्षाका उत्कृष्ट विद्यार्थीहरुलाई ुस्टुडेन्ट अफ द यरु को उपाधि दिइएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव