टिच फर नेपाल भन्छ “मागेजति शिक्षक पुर्याउनै मुश्किल छ”

शैक्षिक समानताका लागि अभियान अघि बढाइरहेको संस्था टिच फर नेपालले यही चैत्र २१ गते बिहिबार आफ्नो छैठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले टिच फर नेपाललाई नजिकबाट नियालिरहेको बताउँदै सोअन्तगर्त २ वर्षको फेलोसिप सम्पन्न गरेकालाई बिदाइ तथा नयाँ प्रज्ञार्थीलाई शुभकामना दिए।
उनले भने “टिच फर नेपालले नेपालको शिक्षा सुधारमा ठूलो भूमिका खेलिरहेको छ, र यो प्रक्रिया निरन्तर चलिरहे साक्षर नेपाल बनाउन धेरै समय लाग्ने छैन”। उनले अनुभवी प्रज्ञार्थीहरूको उर्जा बुझेको र भविष्यमा मन्त्रालयको सहकार्यमा अघि बढ्न पहल समेत गर्न सुझाए।
सन् २०१६ को प्रज्ञार्थीका रुपमा नेपालका ६ जिल्लाक ५१ सार्वजनिक विद्यालयमा ४० प्रज्ञार्थीले २ वर्ष अद्ध्यापन गराएको जानकारी दिँदै टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले भने “बर्षेनी धेरै जिल्लाबाट प्रज्ञार्थीको माग बढिरहेको छ। तर माग पूर्ति गर्न उत्साहित पनि छौँ र चिन्तित पनि।”
कार्यक्रममा टिच फर नेपालले अध्यापन गराईरहेका विभिन्न विद्यालयमा प्रयोग भएका विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितसंग सम्बन्धित प्रविधि र पाठ्य सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।
टिच फर नेपाल सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न कृयाशील एक शैक्षिक अभियान हो।
यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा, २०७५ देखि दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा र २०७६ बाट तनहुँमा सञ्चालन गरिरहेको छ।
यस अभियानको लागि संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ।
हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ, पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयहरूमा यो अभियानअन्तर्गत १३८ जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत छन्।
:439 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव