नियुक्तिपत्र अन्तिम नतिजा प्रकाशित मितिले लागू हुने गरि प्रदान गरिने

गत असार २९ र ३० गते शिक्षक सेवा आयोगले संचालन गरेको प्रावि, निमावि र मावि तहमा कार्यरत अस्थायी शिक्षकहरूको परीक्षा सम्पन्न भएसँगै अन्तिम नतिजाबाट सिफारिस भैइसक्दा पनि शिक्षकहरूको नियुक्तिबारे कुनै ठोस् निर्णय भइसकेकाे छैन।

यस्तो अवस्थामा शिक्षक सेवा आयोग परीक्षा तयारी समूह २०७४ को एक टोलीले आज शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरमा गएर केन्द्रका महानिर्देशक बाबुराम पौडेल र उपमहानिर्देशक दिपक शर्मालाई छुट्टाछुट्टै भेट गरि नियुक्तिपत्र यथाशीघ्र यहि वर्षको चैत्रभित्र शिक्षकहरूको हातहातमा पुग्ने गरि सम्बन्धित ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरूमा सिफारीस गर्न अनुरोध गरेको छ।

भेटका क्रममा यस विषयमा मन्त्रालयमा छ्लफल भइरहेको बताउँदै महानिर्देशक बाबुराम पौडेलले जुन दिन अन्तिम नतिजा आयोगले गर्‍यो त्यही दिनदेखि लागू हुने गरि नियुक्ति पत्र दिने प्रस्ताब अघि बढाएको बताए।

यसैगरी यो परीक्षाको विज्ञापन गर्दा क्षेत्रीयस्तरमा भएको र हाल संघीय संरचनाअनुसार ७ प्रदेश भएकोले निमावि र माविको नियुक्ति अलि ढिला हुनेतर्फ संकेत गर्दै उपमहानिर्देशक तथा केन्द्रका प्रवक्तासमेत रहेका दिपक शर्माले मन्त्रालयको निर्णयको प्रतीक्षा भइरहेको जानकारी दिए।

:3366 Views

Leave a Reply