समाज सुधारको ४८ औं वार्षिकोत्सव, दुई शिक्षक सम्मानित

भक्तपुर, समाज सुधार माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालयहरुले समयअनुसार शैक्षिक स्तर वृद्धि गर्नुपर्ने र विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै योग्य विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताए । प्रजाापतिले भक्तपुर नगरपालिकाले न्यून ब्याजदरमा रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था र इतिहास, भूगोल, राजनीतिशास्त्रलगायत विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि छात्रवृत्तिको पनि व्यवस्था रहेको बताए ।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले सार्वजनिक विद्यालयहरुले शैक्षिक गुणस्तर, विद्यार्थीको सैद्धान्तिक स्तर र व्यक्तित्व विकास गर्न शिक्षक–शिक्षिकाहरु प्रतिबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीनारायण दुवालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले समाज सुधार माविका सेवा निवृत्त शिक्षकद्वय राम प्रजापति र सुरेन्द्रमान वासिंछ्याकलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै एसईई परीक्षा २०७४ का उत्तीर्ण विद्यार्थीहरुलाई पदक वितरण गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव