युरो किड्सको अभिभावक दिवस तथा दिक्षान्त

भक्तपुर । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट गत मंसिरमा उदाउँदो केन्द्र (एमरजिंग सेन्टर) को रुपमा पुरस्कृत भक्तपुर युरो किड्स प्रा.लि.सल्लाघारीको दिक्षान्त तथा अभिभावक दिवस मंगलबार सम्पन्न भयो ।
पुर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न दिक्षान्त समारोहमा सांसद बस्नेतले युरो सिनीयर उतीर्ण सबै विद्यार्थीलाई दिक्षित गरेका थिए । सांसद बस्नेतले तीनवर्षको छोटो अवधिमा भक्तपुर युरो किड्स प्रालिले प्राप्त गरेको सफलताको लागि वधाई तथा शुभकामना पनि दिए ।
सोही अवसरमा सांसद बस्नेतले भक्तपुर युरो किड्सकी शिक्षिका निशा भट्टराईलाई उत्कृष्ट शिक्षिका पुरस्कार तथा गोमादेवी सत्याललाई उत्कृष्ट सहयोगी दिदीको पुरस्कार पनि प्रदान गरे ।
कार्यक्रममा भक्तपुर युरो किड्स प्रालिका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानाङ्ग, प्रवन्ध निर्देशक नवराज काफ्ले तथा प्रिन्सिपल ज्योति क्षेत्रीले भक्तपुर युरो किड्सका विविध गतिविधिबारे प्रकाश पारेका थिए भने अभिभावक पारु ज्ञवालीले अभिभावकको तर्फबाट बोलेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथि सांसद बस्नेतलाई भक्तपुर युरो किड्स प्रालिका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानाङ्ग तथा प्रवन्ध निर्देशक नवराज काफ्लेले उपहार प्रदान गर्दै सम्मान गरेका थिए ।
निवर्तमान प्रिन्सिपल एवम् वर्तमान शैक्षिक निर्देशक विनु गोदार थापाका अनुसार तीनवर्षअघि स्थापित भक्तपुर युरो किड्समा हाल १ सय ३० जना विद्यार्थी अध्ययनरत छन् ।

:501 Views

Leave a Reply