विनायक स्कुलद्वारा धिमे खललाई धिमे प्रदान

मध्यपुर ठिमी, भक्तपुर . “हाम्रो संस्कृति, हाम्रो सम्पति, हाम्रो परम्परा, हाम्रो गौरव” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा एकजोर भुस्या र एउटा धिमे प्रदान गरेको छ । स्थानीय कला, संस्कृति, परम्परा र जात्रा पर्वलाई हरेक पिढिले संरक्षणमा भूमिका खेलुन भन्ने उद्देश्य राखी विश्वविनायक धिमे खलःचपाचो र नित्यनाथ धिमे खलः भूलाखेललाई प्रमुख अतिथि प्रदेश सभा सांसद डा.राजेन्द्रमान श्रेष्ठ र विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले सनातनलाई बचाउन र संस्कृतिको संरक्षण गर्नका लागि विद्यालय स्थापना कालदेखि नै निरन्तर लागि परेको र अझ पनि लागिरहने बताए ।
:497 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव