घट्दो शिक्षकप्रतिको श्रद्धा शिक्षकले नै जिम्मा लिनुपर्छ

विद्यार्थीहरु विहानैदेखि गुरु पूर्णिमाको माहोलमा छन् । कक्षा सजावटदेखि लिएर गुरुहरुलाई लिएर फूलको थुंगा दिने, टीका लगाइदिने काम भइरहेको छ । विद्यालयका शिक्षकहरुलाई एकै ठाउँमा लहरै राखेर सम्मान गर्ने काम पनि छ । त्यो कार्यलाई गुरुहरुप्रति श्रद्धा गर्न आजको दिनबाट सिक्नु राम्रो कुरा हो भन्ने कुरा स्वीकार गरेका छौं । आजको दिन हामी आफ्ना विद्यार्थीहरुबाट पूजा खाने वर्गमा परेका छौं ।

निधारभरी टीका र सगुन दिनु राम्रो हो । पछिल्लो समयमा सबै विषय नै पाश्चात्यकरणको मारमा छ । आफ्नोपन बिर्सिँदै गइरहेको परिप्रेक्ष्यमा आजको दिनैमात्र भए पनि, एउटा संस्कार जोगाउनका लागि विद्यार्थीले गुरु पूर्णिमा मनाउनुलाई विद्यार्थीको आर्कषणकै रुपमा बुझ्नुपर्छ ।

गुरुप्रति गरिने श्रद्धाभावमा औपचारिकता बढेको छ । अहिले वास्तवमा अरु ३६४ दिन सबैतिर, सबैको नहोला तर धेरैको आफ्नो शिक्षकप्रति, आफ्नो गुरुप्रति पनि लेनदेन गर्ने व्यक्तिको रुपमा चित्रित हुन थालेको छ । शिक्षक सेवा प्रदायक हो, विद्यार्थी सेवाग्राही भएका छन् । विद्यार्थीले केही दिएको छ र शिक्षकले केही दिन खोजेको छ । गुरु र शिष्यबीचको हिजोको सम्बन्ध हो । त्यो सम्बन्धमा अहिले सेवाप्रदायक र सेवाग्राहीको सम्बन्ध अर्थात् लाभसँग जोडिएको विषय बनेको छ । त्यसो हुनुमा शिक्षकहरुले आफ्नो पेशाप्रति देखाएको केही उदासीनता पनि जिम्मेवार छ । एकताका शिक्षकमा आएको जुन खालको पेशाप्रति मर्यादित हुन नसक्ने चिन्तन, विद्यार्थी र शिक्षक भनेको एकअर्काका पुरक हुन्, विद्यार्थी पनि हाम्रै छोराछोरी हुन् भनेर हामीले जुन आत्मिक रुपमा गर्नुपर्ने व्यवहारमा केही शिक्षकबाट देखिएको उदासिनताका कारण शिक्षकहरुप्रति विद्यार्थीहरु सकारात्मक छैनन् ।

अरु नभए पनि यो दिनमा आफूले पढाएका विद्यार्थीले सम्झँदा मात्र पनि आनन्द र पुरस्कार पाएको महशुस भएको छ । किनभने आजभन्दा तीस, पैतिस वर्षअघि पढाएका विद्यार्थीले सम्झिनु भनेको त त्यो एकदमै खुसीको विषय हो ।

गुरुप्रतिको सम्मान, शिक्षकप्रतिको श्रद्धामा क्रमशः ¥हास आइरहेको सन्दर्भ पनि छ । अब शिक्षकले विद्यार्थी सँगको सम्बन्धलाई आत्मिय बनाउनुपर्छ । हामीले जसरी पढाउनु पर्ने हो, त्यसरी पढाउनुपर्छ भन्नुको अर्थ शिक्षा ऐन, नियम र देशको कानूनको आधारमा मात्र शिक्षा क्षेत्र चल्दैन । एउटा विधि हुनुपर्छ । सेवाग्राही र सेवाप्रदायको सम्बन्धबाट माथि उठेर आत्मिक तवरबाट जब हामी उठ्न सक्छौं, विद्यार्थी केन्द्रीत शिक्षण गर्न थाल्छौं । विद्यार्थीहरुसँग अनौपचारिक रुपमा सम्बन्ध राख्न थाल्छौं, उनीहरुलाई उत्प्रेरित गर्न थाल्छौं, विद्यार्थीभित्र रहेका प्रतिभाहरुलाई पहिचान गरेर त्यसलाई प्रस्फुटन गराउनका लागि वातावरण बनाइदिन्छौं । त्यो प्रयत्न गर्यौं भने त्यस्ता गुरुहरुलाई विद्यार्थीले कहिल्यै बिर्सँदैनन् । गुरु पुर्णिमामा मात्र हैन कि सँधैभरी सम्झिने पात्रका रुपमा लिन्छन् ।

कहिँकतै कितव लिएर पढाउने, पढाइसकेपछि निस्कने जुन प्रवृत्ति एकाध शिक्षकहरुमा छ, त्यसमा परिवर्तन हामीले नै ल्याउनुपर्छ ।

शान्तिनिकेतन मावि, राममन्दिर भक्तपुरका प्रअ महेन्द्रगोपाल कर्माचार्यसँग हरिसुन्दर छुकांले गुरुपूर्णिमाको अवसरमा गरेको कुराकानीको सार ।

:654 Views

Leave a Reply