ह्यापी किड्सको प्रथम वार्षिक उत्सव सम्पन्न

ह्यापी किड्स मन्टेश्वरीको प्रथम वार्षिक उत्सव आज सम्पन्न भएको छ । कार्यक्रममा संस्थागत विद्यालय संघ, नेपाल (इसान)का केन्द्रिय सचिव कृष्णराम त्वानाबासूले मन्टेश्वरीको नाममा अभिभावक झुक्किनु नहुने कुरा बताए । विदेशी तामझाम र सम्बन्धन लिँदैमा राम्रो विद्यालय नहुने बताए । ह्यापी किड्ले संचालन गरेको ऋएक् एचयनचबm को चर्चा गर्दै उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावकको उत्तिकै भूमिका रहने हुँदा सबैमा सहकार्यको लागि अनुरोध गरे ।
उक्त कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयको संचालक विष्णुप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लावन्य इन्टरनेशनलका प्रशिक्षक श्याम थपलिया, शिक्षिका रोशनी फैजू तथा स्कुल इन्चार्ज पुण्यश्वरी प्रजापतिले बोलेका थिए ।

:504 Views

Leave a Reply