प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री वागीश्वरीमा

भक्तपुर । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले वागीश्वरी स्कुल र वागीश्वरी कलेज च्याम्हासिंह भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकनको साथमा प्रदेश सभाका सदस्य प्रतिमा श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
अवलोकनका क्रममा उहाँहरुले वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिसँग कलेजको वस्तुस्थितिको बारे जानकारी लिनुभएको थियो ।
अध्यक्ष प्रजापतिले कलेजको बारेमा जानकारी दिनुहुँदै कलेजले तुमचो–चोखा–दुगुरे आवास योजनासँग किनेको १ रोपनी ७ आना जग्गामा आफ्नै भवन निर्माणको प्रकृया अगाडि बढाएको हुँदा प्रदेश सरकारको तर्फबाट पनि उचित सहयोगको अपेक्षा गर्नुभयो ।
सो अवसरमा प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा स्नातक र स्नातकोत्तर तहमा मानविकी र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको र कुल विद्यार्थी ८६६ जना रहेको जानकारी दिनुहु“दै परीक्षाफल पनि उत्कृष्ट रहेको जानकारी दिनुभयो ।
यस अघि च्याम्हासिंहको स्कुल प्राङ्गणमा मन्त्री दुलाल र सांसद श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व र प्राचार्य कृष्णप्रसाद धन्छाले फूलको गुच्छा र खाडाले स्वागत गर्दै विद्यालयको विभिन्न पक्षको अवलोकनका साथ जानकारी दिनुभएको थियो ।
अवलोकनको क्रममा मन्त्री दुलालले एक विद्यालय एक नर्स कार्यक्रम अरु विद्यालयमा पनि विस्तार गर्ने र हाल सञ्चालित विद्यालयमा पनि सामग्री थप्ने जानकारी दिनुभयो ।
मन्त्री दुलाल र सांसद श्रेष्ठले कलेजको आगन्तुक पुस्तिकामा “चार हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने यस शिक्षालयको सर्वाङ्गीण विकासको शुभकामनासहित प्रदेश सरकार साथमा रहने” विचार व्यक्त गर्नुभएको छ ।
पुस्तिकामा उहाँहरुले “भौतिक पूर्वाधार, शैक्षिक सामग्री व्यवस्थापन, प्रयोगशाला लगायतको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर राम्रो रहेको र यसलाई अझै सुदृढ गर्न सकिने सम्भावना” भएको उल्लेख गर्नुभएको छ ।
कलेज र स्कुलको तर्फबाट उहा“हरुलाई मायाको चिनोसहित प्रकाशित कलेजको जर्नल, साहित्य सँगालो, स्मारिका लगायत प्रदान गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव