नेकमा परामर्श तालिम

भक्तपुर, चैत ३० | नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट भक्तपुरले कलेजका शिक्षकशिक्षिकाहरुका लागि परामर्शदात्री तालिम दिएको छ । विद्यार्थीलाई परामर्श दिने शिक्षकशिक्षिकाहरूलाई सही तरिकाले र उचित परामर्श दिन थप सक्षम बनाउन दुईदिने परामर्शदात्री तालिम सम्पन्न गरेको कलेजले जनाएको छ ।
कार्यक्रममा कलेजका ४८ जना शिक्षक शिक्षिकाहरू सहभागी रहेका थिए । उनीहरुलाई परामर्श विशेषज्ञ डा. केदार रायमाझी र मनोविज्ञान विज्ञ एन्टेना रन्जितबाट तालिम दिएका थिए । तालिम समापनपश्चात दिक्षित शिक्षकशिक्षिकाहरूले तालिमबाट आफूहरूलाई परामर्श सम्वन्धी आधारभुत ज्ञान तथा थप शीप प्राप्त भएको बताए । आगामी शैक्षिक सत्रहरूमा अझ वढी प्रभावकारी परामर्श दिन सक्षम बनाएको उनीहरुले बताए । कलेजका प्राज्ञिक संयोजक उपप्राध्यापक मोहनध्वज के.सी.को संयोजनमा भएको तालिमपश्चात दिक्षित शिक्षकशिक्षिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले सही तरिका र उचित परामर्शले कलेजका लगभग दुई हजार एक सय स्नातक तथा स्नातकोत्तर विद्यार्थीको शैक्षिक उन्नयन तथा व्यक्तित्व विकासमा सघाउने विस्वास व्यक्त गरे । उनंले कार्यक्रमको उपलव्धीलाई विष्लेषण गरी यसप्रकारका कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
:592 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव