घुमाइ फिराई कुरा गर्ने बानी नै छैन् ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा जन्मि स्याङ्जाकै रजस्थल माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन सकेर शिक्षक बन्ने लक्ष्य बोकेर थप पढाईको लागि वि.स २०५८ सालमा काठमाडौँ पसेकी सुजना भण्डारी पौडेल हाल कोटेश्वरस्थित वर्णमाला मन्टेश्वरी सञ्चालन गरिरहेकी छन् । स्कुले शिक्षामा जहिले पनि कक्षामा प्रथम हुने उनले वि.स २०५९ सालको आइएडमा नेपालकै उत्कृष्ट हुन सफल भई ऐश्वर्य विद्या पदक जितेकी थिइन् । उनी नेपाल मन्टेश्वरी एशोसियसनको काठमाडौँ जिल्ला सचिव पनि हुन् । जुनसुकै कुरालाई पनि नघुमाई सीधा रूपमा प्रतिक्रिया दिने उनको विशेषता हो । साना बालबालिकाको स्वास्थ्य तथा सरसफाईका विषयमा गहन रुचि राख्ने सुजना भण्डारी पौडेलको व्यक्तित्वको चर्चा उनकै शब्द र शैलीमा ।

मलाई बालबालिकाको एकदमै माया लाग्छ । उनीहरूसँग घुलमिल हुन र उनीहरूको हेरचाह गर्न मनपर्छ । सबै बालबालिका आफ्नै हुन् जस्तो लाग्छ र एउटा आमा र बाबाले खोजेको जति माया र हेरचाह स्कुलका शिक्षकहरूले पनि गरिदिऊन् भन्ने सोच्छु । मैले स्वास्थ्य विषयमा नै एमएड गरेको थिएँ र बच्चाहरूको स्वास्थ्य र सरसफाइको बारेमा सोचिरहन मनपर्छ ।

एसएलसी पास भएपछि पढाईको लागि म काठमाडौँ आए । बुवाको साथीले पढाउने ललित शिक्षा क्याम्पसमा आइएडमा भर्ना गरिदिनुभयो तर कलेजको समय बेलुका थियो । एसएलसी पास गरेर स्याङ्जाबाट भर्खरै काठमाडौँ आएकी केटी । ९ बजेसम्म कक्षा हुने । त्यो समयमा जुन नम्वरको गाडी याद थियो त्यो बाहेकको बस जाने हो कि होइन भन्ने दुविधाका कारण बस नचढी आधा घण्टामा पुल्चोकदेखि अनामनगरसम्म छिटो छिटो हिड्थेँ । बेलुकी पढेको मज्जा नआएपछि अर्को वर्ष बुवालाई नै नभनी रत्न राज्यलक्ष्मी क्याम्पसमा आइए भर्ना भएकी थिएँ ।

मेरा साथीहरूले यस्तो राम्रोसँग बोल्ने क्षमतावान व्यक्ति त शिक्षक नै बन्न पर्छ भन्ने सुझाव दिन्थे । शिक्षण अभ्यासको क्रममा जाँदा विद्यार्थीहरू पनि यस्तो शिक्षकले पढाइदिए हुने भन्ने गर्थे । स्कुलहरूमा सामान्यतया प्रजनन्को कुरा र महिनावारीका कुराहरू स्वास्थ्य विषयका शिक्षकहरूले नपढाउने रहेछन् । पुरुष शिक्षक छात्रा र महिला शिक्षक छात्रसँग भन्न अप्ठ्यारो मान्ने रहेछन् । म जति पनि स्कुल र कलेजमा पढाउन जान्थेँ सकेसम्म म त्यस्तै विषय खोजेर पढाइदिन्थेँ । बच्चाहरूलाई यस विषयमा नपढाए उनीहरूको कौतुहलता कसरी मेटिन्छ ?

पढाईको क्रममा बच्चाको उमेरअनुसारको मानसिकता, पाठ्यक्रमका ढाँचा निर्माण, शिक्षाशास्त्र पढ्दा नै बच्चाहरूले कसरी पढ्न र लेख्न जान्दछन् भन्ने कुराको अध्ययन गरियो । मैले ३ महिने जुनियर डिप्लोमा मन्टेश्वरी अर्लि चाहेल्डहुड कोर्सको तालिम लिएँ । त्यसपछि शिक्षण अनुभवका लागि स्कुल पढाउने सोचेँ । केही स्कुलमा आवेदन भरेँ । त्यहाँ कुरा गर्न जाँदा स्कुलका सञ्चालकले ‘तपार्इँ त बढी सक्षम (ओभर क्वालिफाईड) हुनुहुन्छ, हामी राख्न सक्दैनौँ होला’ पनि भनेका थिए ।

मेरा साथीहरूले यस्तो राम्रोसँग बोल्ने क्षमतावान व्यक्ति त शिक्षक नै बन्न पर्छ भन्ने सुझाव दिन्थे । शिक्षण अभ्यासको क्रममा जाँदा विद्यार्थीहरू पनि यस्तो शिक्षकले पढाइदिए हुने भन्ने गर्थे । स्कुलहरूमा सामान्यतया प्रजनन्को कुरा र महिनावारीका कुराहरू स्वास्थ्य विषयका शिक्षकहरूले नपढाउने रहेछन् । पुरुष शिक्षक छात्रा र महिला शिक्षक छात्रसँग भन्न अप्ठ्यारो मान्ने रहेछन् । म जति पनि स्कुल र कलेजमा पढाउन जान्थेँ सकेसम्म म त्यस्तै विषय खोजेर पढाइदिन्थेँ ।

एउटा राम्रो स्कुलबाट राम्रा कुरा सिक्ने र त्यहाँका पाठ्यक्रमका विषयमा सिकेर मात्र स्कुल सञ्चालनतर्फ लाग्ने सोचेकी थिएँ । र नभन्दै नयाँ बानेश्वरस्थित मन्टेश्वरी किन्डर वल्र्डमा काम गर्ने मौका पाएँ । त्यहाँ ३ वर्ष शिक्षण गर्दा धेरै कुरा सिक्ने मौका मिल्यो । खाफूले सोचे जस्तै पाठ्यक्रमलाई कसरी जोडेर पढाउने, बच्चाको सर्वाङ्गीण विकासका लागि के गर्ने भन्ने विषयमा अनुभव पनि बटुलेँ । त्यसपछि २०७३ सालबाट कोटेश्वरमा वर्णमाला मन्टेश्वरी सुरु गरेँ ।

म साथीभाइको संगत मन पराउँछु । धेरै जनासँग कुराकानीर व्यवहार गर्दा केही न केही नयाँ कुराहरू सिकिरहेको हुन्छु । बच्चाहरूको सवालमा म धेरै सम्वेदनशील छु । उनीहरूलाई केही समस्या परे नआत्तिकन अवस्था आफ्नो नियन्त्रणमा ल्याउँछु । कुन अवस्थाको कुरालाई कसरी मिलाउने वा प्रबन्ध गर्ने भन्ने कुराको ज्ञान र अनुभव छ मसँग ।

आफूलाई लागेको कुरा घुमाइ फिराइ होइन सीधा भन्ने बानी छ मेरो । स्ट्रेट फर्वार्ड बन्नाले कतिपय ठाउँमा अप्ठ्यारो पारेको छ । जति अप्ठ्यारो अवस्था र समस्याहरू भएता पनि त्यहाँबाट नयाँ कुरा सिक्ने अपेक्षा गर्छु । चुनौतीको सामना गर्न मनपर्छ । अरुले गर्न सक्ने कुरा म पनि गर्न सक्छु भन्ने लाग्छ र म आफैलाई प्रोत्साहित गरिरहन्छु ।

:198 Views

Leave a Reply