महेन्द्र शान्ति माविको नवनिर्मित भवन हस्तान्तरण

भक्तपुर, ११ बैशाख । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षति भएको ठाँउमा नवनिर्मित दुईतल्ले ४ कोठे पक्की भवन आइतबार विद्यालयलाई दिइएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्र्तगत भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६२ लाख ४२ हजार रुपैयाँको लागतमा सो पक्की भवन तयार गरिएको थियो ।
सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले भवनको निर्माण सम्पन्न गरिएको प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक गोपालविक्रम थापालाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष एवम् निर्माण समितिका अध्यक्ष हेमन्तकुमार कार्कीले विद्यालय निर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख डिल्लीश्वर प्रधान, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेल, पुर्व प्रमुख हरिप्रसाद दाहाललगायतको सहभागीता थियो ।
:573 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव