१०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ, १५ बैशाख । आर्थिक अवस्था कमजोर भएका १०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार ललितपुरमा आयोजित ‘शैक्षिक सामग्री हस्तान्तरण तथा अभिभावक अन्तरक्रिया’ कार्यक्रममा विद्यार्थीलाई कापी, शिशाकलम, कलम, ईरेजर, रङ, सार्पनर, विद्यालय पोशाक, क्याल्कुलेटर, ईन्स्ट्रुमेन्ट बक्स् र झोला वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर परिवारका विद्यार्थीलाई न्यूनतम शैक्षिक सामग्रीको अभावका कारण विद्यालय जान नसक्ने तथा बीचमै छोड्नुपर्ने जस्ता समस्यालाई न्यूनिकरण गर्न लू निभा (बाल सरोकार समूह) ले सो सामग्री वितरण गरेको कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले बताएका छन् । सो संस्थाले सन् २००५ देखि शैक्षिक सहायता कार्यक्रम संचालन गर्देै आईरहेको छ ।
लू निभाले ईन्टरपेडिया फिनल्याण्ड तथा स्थानीय दाताहरुको आर्थिक सहयोगमा बालबालिकाको पठनपाठनका लागि आवश्यक सामग्री जुटाएको थियो ।
प्रदेश नं ३ का सांसद जीवन खड्काले आगामी दिनहरुमा शिक्षाको शुदृढीकरणमा राज्य लाग्ने र शिक्षालाई सर्वसुलभ बनाउनको लागि प्रदेश सरकारले पनि शिक्षा ऐनको तयारी गरेको बताएका थिए । शैक्षिक सहायता प्राप्त बालबालिकाका अभिभावकहरुलाई आफ्ना बालबालिकाको शिक्षा प्रबद्र्धन गर्नको लागि अभिभावकको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष पुरुषोत्तम खड्का, वडा नं. २१ का वडा अध्यक्ष रबिन्द्र महर्जन, वडा नं. २२ का वडा प्रतिनिधि, ललितपुर महानगरपालिकाका शिक्षा सचिव महेन्द्र बहादुर क्षेत्री र गोदावरी नगरपालिकामा नगर शिक्षा अधिकार नारायण काजी काशी सिवाङ्गलगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव