उपाधि जित्ने काव्यका विद्यार्थीको सम्मान

काठमाडौं । आफ्नो विद्यालयमा मात्रै नभई विद्यालय बाहिरका प्रतियोगितामा पनि आफुलाई अव्वल बनाउन सफल काव्य स्कूल नयाँबानेश्वरका १० कक्षाका छात्राद्वय सन्ध्या श्रेष्ठ र पियषा श्रेष्ठलाई वधाई तथा सम्मान गरिएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यालयको एसेम्ब्लीमा आयोजित विशेष कार्यक्रममा छात्राद्वय सन्ध्या र पियषालाई टिका लगाई प्रशंसापत्र र उपहार दिएर वधाई र सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालयको सेकेण्डरी इन्चार्ज चक्र दवाडी लगायतका शिक्षकहरुले पनि विद्यालयको नाम उँचो राख्ने छात्राद्वय सन्ध्या र पियषालाई वधाई दिएका थिए ।
गत बैशाख ८ गते अक्षरा स्कुल काँडाघारीले राष्ट्रिय नाचघरमा आयोजना गरेको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१९’ प्रतियोगितामा २७ विद्यालयका प्रतिष्पर्धिलाई उछिनेर सन्ध्याले जुनियर स्कुल प्रिन्सेसको मुख्य उपाधि जितेकी थिइन भने पियशाले फस्ट रनरअपको उपाधि जितेकी थिइन । उनीहरुलाई आयोजकले टाइटलका साथमा साइकल र मोवाइल फोन पुरस्कार दिएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव