सुदेशामा स्टुडेन्ट काउन्सिलको निर्वाचन सम्पन्न

ललितपुर । ललितपुरको नख्खुमा अवस्थित सुदेशा स्कुलले स्टुडेन्ट काउन्सिलको निर्वाचन सम्पन्न गरेको छ । करिब १५ दिनको निर्वाचन कार्यक्रमपश्चात उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैशाख १५ गते मतदाता नामावली प्रकाशन, १९ गते उम्मेद्वारी दर्ता, २० गते दाबि विरोध तथा अन्तिम नामावली पछि २१ गते बाट प्रचार प्रसार सुरु गरी २६ गते प्रत्यक कक्षाका क्याप्टेन र सहायक क्याप्टेन निर्वाचित गरिएको थियो । हिजो सम्पन्न स्कुल क्याप्टेन, भाइस क्याप्टेन ४ वटा हाउसका क्याप्टेन भाइस क्याप्टेन, तथा विभिन्न क्लबका पदाधिकारीको निर्वाचन भएको हो । यो वर्षको स्कुल क्याप्टेनमा कक्षा १० कि छात्रा प्रनिता केसीले कुल खसेको मत मध्ये ८०५ मत प्राप्त गरी विजयी भएकी छिन् । त्यस्तै गरी स्कुल भाइस क्याप्टेनमा श्रीजा केसी निर्विरोध भइन् भने अर्का स्कुल भाइस क्याप्टेनमा युबिन राज सापकोटाले खसेको ५४५ मत प्राप्त गरी विजय भएका छन् ।
हाउस क्याप्टेनमा सुमिना थापा, रिबिश्ना घिमिरे, अनिश महतो र रचना खनाल क्रमश कोशी, गण्डकी , कर्णाली तथा महाकाली हाउसबाट विजय भएका छन् । त्यसैगरी मन्दिप कार्की, अलिश थापा, कविन्द्र भण्डारी र प्रनिशा मगराती क्रमश कोशी, गण्डकी, कर्णाली तथा महाकाली हाउस भाइस क्याप्टेनमा विजयी भएका छन् । कुल ४५ वटा पदका लागि भएको निर्वाचनमा कुल ७६ जनाको उम्मेद्वारी परेको थियो । यसपाली कुनै पनि मत बदर नभएको प्रमुख निर्वाचन आयुक्त बिन्दा थापाले जानकारी दिए । यसपाली निर्वाचन कार्यक्रम निकै मर्यादित र भब्य भएको विद्यालयका सहायक प्रधानाध्यापक नारायण सापकोटाले जानकारी दिए ।
विभिन्न संघ संस्थाको प्रवेक्षण रहेको उक्त कार्यक्रममा नेपाल वातावरण पत्रकार मञ्च, शिक्षा दर्पण, एस टेलिभिजन, नुवागी मासिक पत्रिका र अन्य राष्ट्रिय लगायत संचार माध्यमको उपस्थिति रहेको थियो । सुदेशा स्कुलले उत्सबकै रुपमा गर्ने उक्त कार्यक्रम विद्यार्थीलाई लोकतान्त्रिक अभ्यास सिकाउने तथा नेतृत्व विकास गराउने एउटा गतिलो नमुना बनेको छ । विगत १२ बर्षदेखिको यो अभ्यास धेरै विद्यालयलाई मानककै रुपमा रहेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत बैशाख ३१ गते अन्तिम नतिजा घोषणा, सपथ ग्रहण, प्रमाण—पत्र वितरण, ब्याच वितरण तथा पदस्थापना कार्यक्रम सम्पन्न हुनेछ । स्टुडेन्ट काउन्सिलको क्षमता विकासका लागि प्रत्येक सत्रमा नेतृत्व क्षमता तालिम सम्पन्न हुनेछन् । क्रियाकलाप मुखी शिक्षणमा जोड दिदै आएको सुदेशा स्कुलले हरेक क्रियाकलापलाई सिकाइसँग जोड्दै आएको सरोकारवालाको भनाई रहेको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव