ज्ञानकुञ्जले एर्सईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच म्याराथुन प्रतियोगिता गराउने

काभ्रे (बनेपा)– बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ । नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादनलाई प्राथमिकतामा राखेर दशकौ देखि काभ्रेमा सकृय रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एर्सईई परीक्षा दिएर बसेका विद्यार्थीहरुको म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नैतिक,व्यवहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मुलमन्त्र बोकेर अघि बढेको सो विद्यालयले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि खुल्ला म्याराथुन प्रतियोगिताको आयोजना गर्न लागेको हो । एर्सईई परिक्षापछिको समयमा विद्यार्थीहरुमा नैराश्यता पलाउने, खाली समय धेरै हुने कारणले दुव्र्यसनको अत्याधिक जोखिम हुने भएकाले ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नेपालकै इतिहासमै पहिलो पटक ज्ञानकुञ्ज म्याराथुनको आयोजना गर्न लागेको हो ।
‘विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावनाको विकास गराउँदै उनीहरुलाई कुलतको जोखिम कम गराउन म्याराथुनको आयोजना गर्न लागेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले बताए । नेपालभरीकै एसईइ परिक्षा दिएर बसेका विद्यार्थीहरुले म्याराथुनमा सहभागी बन्न पाउनेछन् । प्रतियोगिता छात्रा र छात्र दुबै विधामा संचालन हुनेछ । ज्ञानकुञ्ज म्याराथुनमा प्रथम हुने विद्यार्थीले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् ।
किल एडिकसन, स्टे हेल्दीको नारा बोकेर आयोजना हुन लागेको म्याराथुन आगामी जेठ ३२ गते बनेपामा संचालन हुने ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले बताए ।
प्रतियोगिताको छात्र तर्फ ६ किलोमिटर लामो म्याराथुन हुनेछ भने छात्रातर्फ ३ किलोमिटरको हुनेछ । म्याराथुनमा सहभागी हुन चाहने विद्यार्थीले यो पटक एसईई परिक्षामा सहभागी भएको प्रमाण पेश गरेर सहभागी बन्न सक्नु हुनेछ । सामाजिक उत्तरदायित्य बहन गर्दै ज्ञानकुञ्जले बिगत देखिनै समाजमा प्रत्यक्ष रुपमा लाभ हुने र समुदायको बिकासको निमित्त काम गर्दै आएको छ । म्याराथुनले पनि विद्यार्थीहरु बिच एकताको भावना र प्रतिष्पर्धा गर्नु पर्ने रहेछ भन्ने सन्देश दिनेछ ।
:428 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव