सिमा मिचिनुमा हाम्रै कमजोरीः सिमाविद् श्रेष्ठ

भक्तपुर । सिमाविद् बुद्धीनारायण श्रेष्ठले देशको सिमा मिचीमिची पनि हामी नेपाली चुपचाप बसिरहनु पर्नु दुःखको कुरा भएको बताएका छन् । आजका विद्यार्थीमा देशभक्ति भाबना जगाई सिमा रक्षाका लागि लाग्नुपर्ने उनले जोड दिए ।
भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिश स्कुलले २०७६ सालमा स्कुलमा भर्ना भएका विद्यार्थी र तिनका अभिभावकको सम्मानमा शनिबार गरेको फ्रेसर वेलकम (नयाँंलाई स्वागत) कार्यक्रममा सिमाविद् श्रेष्ठले हाम्रा आफनै कमजोरीका कारण सिमा मिचिरहेको बताए । देशको रक्षा गर्नु, सिमानाको रक्षा गर्नु हामी सवैको कर्तव्य हो, उनले भने, देशलाई हामी सवैले प्रेम गर्नुपर्छ ।
कार्यक्रममा प्रमुख अतिथि बुद्धिनारायण श्रेष्ठद्धारा लिखित दुई वटा पुस्तक सिमाना र भूकम्प स्कुललाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा किड्स पाराडाइज स्कुलका प्रिन्सिपल अर्चना भण्डरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले स्कुल गतिविधिका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीले साँंस्कृतिक कार्यक्रम पनि देखाएका थिए ।
:570 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव