ट्रिटनको विद्यार्थी प्रमुखमा आरजु र अनिश निर्वाचित

काठमाडौं, २८ बैशाख । सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलको छात्राहरुको प्रमुख अर्थात ‘स्कुल हेड गर्ल’मा आरजु थापा र छात्र प्रमुख अर्थात ‘स्कुल हेड ब्वाय’मा अनिश शिवभक्ति विजयी भएका छन् ।
चालु शैक्षिक सत्र अर्थात २०७६ को लागि पुर्ण प्रजातान्त्रिक विधिबाट सम्पन्न निर्वाचनबाट आरजुले छात्रातर्फ र अनिशले छात्रतर्फको उपाधि जितेका हुन । ‘सीता’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रेकी आरजुले १ सय ४३ मत ल्याएर निर्वाचित भएकी थिइन भने उनको प्रतिद्वन्दी स्मृति देउलाले ४२ मत पाएकी थिइन । यसैगरि छात्रतर्फ ‘पृथ्वीनारायण शाह’को तस्वीर चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका अनिसले १ सय ३९ मत पाएर विजयी भए भने विपक्षी राकेश साहनीले ३७ मत प्राप्त गर्न सफल भए ।
१ देखि १० कक्षासम्मका ३ सय १० जना विद्यार्थी र शिक्षकहरु सबैजना मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएको निर्वाचन अधिकृत चक्रकुमार श्रेष्ठले बताए । निर्वाचनअघि चुनावको आवश्यकता, महत्व र प्रकृयाबारे शिक्षकहरुले विद्यार्थीलाई जानकारी गराएका थिए भने उम्मेदवराहरुले आआफ्नो एकवर्षको योजना सहित हरेक कक्षामा गएर मतदातासंग मत मागेका थिए । नवनिर्वाचित ‘स्कुल हेड गर्ल’ आरजु थापा र छात्र प्रमुख अर्थात ‘हेड ब्वाय’मा अनिश शिवभक्तिलाई गतवर्षका हेड गर्ल करिशा घिमिरे र हेड ब्वाय सुदिप जंग खत्रीले पद हस्तान्तरण गर्नुको साथै पदको शपथ गराएका थिए ।
नवनिर्वाचित पदाधिकारीलाई विद्यालयक निर्देशक राजन सुवेदी र भाइस प्रिन्सिपल ममता शाह लगायत सेकेण्डरी इन्चार्ज, शिक्षक तथा शिक्षिकले टिका, खादा लगाइदिँदै वधाई दिएका थिए भने गतवर्षका पदाधिकारीलाई विदाई गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव