चित्रकला प्रतियोगितामा बेलर र नवरत्न बिजयी

काभ्रे, ३ जेठ । काभ्रे जिल्लास्तरीय चित्रकला प्रतियोगितामा मावि तहबाट बेलर इन्टरनेशनल एकेडेमीका छात्रा सोनाम डोल्मा र प्राविमा नवरत्न इङ्लिश बोडिङ स्कुलका छात्र रोशन तामाङ प्रथम भएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) काभ्रेले आयोजना गरेको सो प्रतियोगितामा माध्यमिक तहबाट प्रगति प्रभात एकेडेमीका अजय लामा दोस्रो र क्षितिज इङ्लिश बोडिङ स्कुलका दिपेश सापकोटा तेस्रो भएका थिए । त्यस्तै प्राथमिक तहबाट चित्रकला प्रतियोगिताको दोस्रोमा बेलर इन्टरनेशनलका सोनी राई र पाँचखाल भ्याली सेकेण्डरी इङ्लिश बोपडङ स्कुलका पवन बुढाथोकी तेस्रो हुन सफल भएक छन् ।
स्पर्धामा प्राथमिक तहबाट ४८ र माध्यमिक तहबाट ५२ विद्यार्थीको सहभागिता थियो ।
:554 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव