तारा माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम

भक्तपुर । वैशाख ३ । तारा माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका ७४ जना नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुर नगर प्रमुख प्रजापतिले असल नागरिक र चरित्रवान नागरिक बन्न अध्ययन गर्न विद्यार्थीहरूमाझ आह्वान गरेका थिए । उनले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिने उद्देश्यले विभिन्न कलेजहरूको स्थापना गरेको बताउँदै चरित्रवान र नैतिकवान व्यक्तिले मात्र समाजको निम्ति इमानदारीपूर्वक काम गर्न सक्ने बताए । उनले माथिल्लो तहमा पुगेकाहरू स्वार्थी, अवसरवादी र आपराधिक चरित्रका भएका कारण जनताले दुःख भोगिरहेको बताउँदै राजनीतिलाई व्यापारीकरण र अपराधीकरणबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।
उनले उच्च शिक्षा अध्ययन गर्न विषय छनोटको अधिकार विद्यार्थीलाई दिनुपर्छ भन्दै भक्तपुर नगरपालिकाले राजनीतिशास्त्र, इतिहास, संस्कृति र भूगोल आदि विषय लिएर पढ्ने विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरको बताए ।
कार्यक्रममा २०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले भक्तपुरका सामुदायिक विद्यालयहरूले देशकै नमुना विद्यालयको रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र व्यवहारिक ज्ञान पनि दिनु आवश्यक रहेको बताए ।
संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याइँले विद्यार्थीको सर्वाङ्णीण विकासको निम्ति अतिरिक्त क्रियाकलाप र विभिन्न प्रतियोगिताहरूको आवश्यकता औंल्याउँदै देशको लागि आवश्यक सक्षम र जवाफदेही नागरिक तयार गर्न विद्यार्थीहरूले जोड दिनुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखुले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, कला, संस्कृतिको संवद्र्धन गर्न खोजेको बताउँदै विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव