अमिनटी इंग्लिस स्कुलमा पुस्तक प्रदर्शनी मेला सम्पन्न

भक्तपुर । भक्तपुर कौशलटारस्थित अमिनटी इंग्लिस स्कुलले पुस्तक प्रदर्शनी मेला २०७६ सम्पन्न गरेको छ ।

बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ आयोजित उक्त प्रदर्शनीमा ४०० भन्दा बढी पुस्तकहरु प्रदर्शनीमा राखिएका थिए । विभिन्न कलात्मक तथा सामान्य ज्ञान सम्बन्धी पुस्तकहरु र इतिहासका पुस्तकहरु पनि समावेश गरिएको कुरा प्रधानाध्यापक सुर्य बहादुर भण्डारीले जानकारी दिए । उक्त पुस्तक प्रदर्शनी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुका लागि एउटा सुनौलो अवसर बन्न पुगेको कुरा कक्षा १० मा अध्ययनरत छात्रा ज्ञस्मी अधिकारीले अनुभव सुुनाइन । उनले पुस्तक प्रदर्शनीले सम्पूर्ण विद्यार्थी साथीहरु हर्षित भएको बताइन् ।

यस पुस्तक प्रदर्शनी टी.सी. स्टार नेपाल र अमिनटी स्कुलको सहकार्यमा संचालन गरिएको थियो । यसरी नै विभिन्न अतिरिक्त कार्यक्रमहरु जसले विद्यार्थी भाइबहिनीहरुको क्षमतालाई बृद्धि गर्न मद्दत गर्छ यस्ता कार्यक्रमहरुको लागि स्कुलले वार्षिक तालिका तयारी पारेर अघि बढेको कुरा स्कुलका प्रधानाध्यापक सूर्य बहादुर भण्डारीले नुवागी डटकमलाई जानकारी दिए ।

:229 Views

Leave a Reply