नेक्ससमा नयाँ विद्यार्थीहरुलाई भब्य स्वागत

काठमाडौँ । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले सोमबार एक भव्य कार्यक्रम आयोजना गरि नयाँ भर्ना भएका विद्यार्थी तथा यस वर्षबाट नेक्ससमा प्रवेश गरेका शिक्षकहरुलाई स्वागत गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका संथापक प्राचार्य आर.बि. कटवाल, विद्यालयका जनशक्ति विभाग प्रमुख कमल कटवाल साथै विद्यालय संचालन समितिका अध्यक्ष भिम बहादुर कटवालले संयुक्त रुपमा नयाँ विद्यार्थी तथा शिक्षकहरुलाई टिका तथा खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा नर्सरीदेखि कक्षा नौ सम्मका विद्यार्थीहरुले विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तीस वटा भन्दा बढी सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा नयाँ विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउनुको साथै आफूले नेक्ससमा संगालेको अनुभव समेत सुनाएका थिए । आफ्नो अनुभब सुनाउँदै कक्षा ९ मा भर्ना भएका छात्र अनमोल घिमिरेले नेक्सस आफूले सोचेभन्दा बिल्कुल फरक र राम्रो विद्यालय भएको भन्दै विद्यालयले लिएको फरक धारले विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलाप अझ प्रभावकारी हुने बताए । कार्यक्रम विद्यालयका नव निर्वाचित क्याप्टेन उपदेश बस्नेत, समृद्धि भट्टराई, इरादा सुबेदी तथा अमुल जोशीले संचालन गरेका थिए भने कार्यक्रमको सहजीकरण अतिरिक्त क्रियाकलाप विभाग प्रमुख मदन शर्मा तथा प्राथमिक तह संयोजक उर्मीला पौडेलले गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव