चाणक्यमा चुनिए स्कुल कप्तान र उपकप्तान

भक्तपुर । मध्यपुर थिमीस्थित चाणक्य माध्यमिक विद्यालयले यस वर्षको लागि विद्यालय कप्तान, उपकप्तान लगायत सदन कप्तान, उपकप्तान चुनेको छ ।
विद्यार्थीहरुलाई चुनावी अभ्यास र अनुभवको लागि चुनावी प्रक्रियाबाट कप्तान, उपकप्तान चुनिएका छन् । विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यालयकी छात्रा कप्तानमा जस्मिन श्रेष्ठ २२० भोट सहित विजय भएकी छन् भने विद्यालयको छात्र कप्तानमा सनिस ढुङ्गानाले २०२ भोट सहित विजय हासिल गरेका छन् ।
रातो सदनको कप्तानमा करुण श्रेष्ठ र उपकप्तानमा सुवेक्षा मदाई, पहेँलो सदनको कप्तानमा कसक अधिकारी र उपकप्तानमा आकांक्षा वि.क., हरियो सदनको कप्तानमा योना राई र उपकप्तानमा अनिल श्रेष्ठ, निलो सदनको कप्तानमा नरेश तोलङ्गे र उपकप्तानमा अनुप चौलागाई चुनिएका छन् ।
चुनावमा कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुले भोट हालेका थिए । विजयी विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, विद्यालयका प्रिन्सिपल गणेशबाबु पोखरेल, चाणक्य कलेजका प्राचार्य बासुकीराज रेग्मीले बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
:835 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव