महिला रोजगारी बढाउन नगरपालिकाद्वारा मन्टेश्वरी तालिम

भक्तपुर, १० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले महिलालाई रोजगारीको अवसर दिने उद्देश्यले भक्तपुरको पाथिभरा एकेडेमीको सहकार्यमा नगरका ९ वटा वडाबाट ६१ महिलालाई मन्टेश्वरी तालिम दिने भएको छ ।
मन्टेश्वरी तालिमको उद्घाटन गदै उपमेयर बिना बास्तोलाले यो तालिमले बेरोजगार भएका शिक्षित महिलालाई रोजगारीको वातावरण सृजना गर्ने बताएकी छिन् ।
चागुनारायण ७ वडामा बस्ने ४५ वर्षीय निता श्रेष्ठ हाल बालमिकी आधारभुत विद्यालयमा पढाउछिन् । १२ वर्षदेखि शिक्षण पेशामा लागेकी उनी बालबालिकाको चाहना अनुसार विभिन्न साधनको प्रयोगबाट उनीहरुलाई सहज तरिकाबाट कसरी पढाउने भन्ने कुरा सिक्ने इच्छाका साथ मन्टेश्वरी तालिममा सहभागी हुन आएकी छिन् । कार्यक्रममा केही शिक्षिका महिलाहरुको पनि सहभागीता रहेकोमा उनीहरु बच्चालाई पढाउन सिकाउने शैली र शिक्षण गुणस्तरमा बृद्धि गर्ने हेतुले तालिममा सहभागी भएको बताए ।
मन्टेश्वरीका प्रशिक्षक तथा पाथिभरा एकेडेमीका प्रिन्सिपल रमेश सिटौला स्थानिय सामाग्री, उपयोग नभएका सामानकोे प्रयोगबाट कसरी विद्यार्थीहरुलाई सिकाउने, व्यक्तिगत रुपमा फरक बच्चालाई कसरी व्यवहार गर्ने भन्ने विषयमा तालिममा सिकाउने बताउँँछन् । साना कक्षामा मात्र नभई ठुला कक्षामा पनि यो विधिको प्रयोगबाट पढाउन सकिने भन्दै उनी भन्छन्, ‘मन्टेश्वरी भन्ने एउटा व्यक्तिको नाम हो । डाक्टर मन्टेश्वरी मारियाले आफ्नै शैलीमा पढाउन थालेको शैली अरुले पनि प्रयोग गर्दै अहिले मन्टेश्वरी भन्दै चलिरहेको छ । मन्टेश्वरी प्रणाली जन्मेदेखि युवावस्थासम्मका लागि आवश्यक छ । यो प्रणालीलाई कक्षा १२ सम्म लान सकिन्छ ।’
३ महिने मन्टेश्वरी तालिम १२ गते आइतबारको दिनबाट पाथिभरा एकेडेमीमा सञ्चालन हुने भएको छ । पालिकाले महिला लक्षित गर्दै ब्युटीपार्लर र ड्राइभिङको तालिम पनि सुरु गरिसकेको छ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव