एरुडाइट एकेडेमीमा मतदान सम्पन्न

भक्तपुर । शैक्षिक सत्र २०७६ को नियमित शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत जेठ १० गते शुक्रबार एरुडाइट एकेडेमीमा विभिन्न पदका लागि मतदान सम्पन्न भएको छ । स्कुल क्याप्टेनका लागि सदिक्षा राई, सुप्रिया शर्मा र सिजेन खड्गीबीच प्रतिस्पर्धा भएकोमा सदिक्षा राई विजेता बनेकी छन् ।
स्कुल सह क्याप्टेनको लागि जिवन सापकोटा, सृष्टि भण्डारी, मान्यता शाही र निशान मगर बीचको प्रतिस्पर्धामा सृष्टि भण्डारी भारी मतसहित विजय भइन् । यसै गरी विभिन्न सदनका क्याप्टेन र सह–क्याप्टेन मध्ये गंगालाल सदनबाट क्रमशः रोशनी श्रेष्ठ र सौर्य भण्डारी क्याप्टेन र सह–क्याप्टेन निर्वाचित भएका छन् । यस्तै गरी शुक्रराज सदनबाट निर्जला श्रेष्ठ, सृजना खनाल, दशरथ सदनबाट अपेक्षा राई र अनिश परियार, धर्मभक्त सदनबाट अनिस राई र नम्रता सुनुवार क्रमशः निर्वाचित भएका छन् । विद्यार्थीहरूलाई निर्वाचनको महत्व बुझाउन तथा कार्यपालिका, व्यवस्थापिका आदि राज्यका विभिन्न अंगका बारेमा व्यवहारिक जानकारी दिलाउनका लागि उक्त मतदान कार्यक्रम उपयोगी सिद्ध भएको विद्यालयका प्राचार्य दिनेश पाण्डेयले बताए । सम्पूर्ण निर्वाचित विद्यार्थीहरूको सपथ ग्रहण समारोह आइतबार विहान सम्पन्न भएको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव