गोल्डन सुनगाभामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, क्वालिटी स्कुल प्रथम

भक्तपुर । पातञ्जल योग समिति नेपाल, भक्तपुर जिल्ला समितिले भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
दुवाकोटस्थित गोल्डन सुनगाभा इंग्लिस स्कुलमा आयोजित उक्त प्रतियोगितामा भक्तपुर जिल्लाका १५ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजकले बताएको छ । विद्यालयमा योग र ध्यानको महत्व र आवश्यकु विषयमा भएको उक्त प्रतियोगितामा क्वालिटी इंग्लिस स्कुलका सुयोग कार्की प्रथम, अमिनटी इंग्लिस स्कुलका जश्मी अधिकारी द्धितीय, गोल्डन सुनगाभा इंग्लिस स्कुलका कसक पौडेल तृतीय र मोर्डन बोर्डिङ इंग्लिस स्कुलका यमुना खड्का सान्त्वना भएका थिए । विजयी विद्यार्थीहरुलाई क्रमशः नगद रु.५०००, ३०००, २०००, १००० प्रदान गरिएको थियो ।
चाँगुनगरपालिकाका मेयर सोम मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा मेयर मिश्रले विद्यार्थीहरुको योग वक्तृत्वकलाको प्रस्तुतीले आफू प्रभावित भएको र योग ध्यानको महत्व र आवश्यकतालाई हृदयगम गर्दै चाँगुनारायण नगरपालिकाले स्थानीय पाठ्यक्रममा योगको विषयलाई समेट्ने गरी गृहकार्य गरिरहेको बताए ।
पातञ्जल योग समिति, भक्तपुर जिल्ला अध्यक्ष योग प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोल्डन सुनगाभा स्कुलका प्रिन्सिपल महेश गौतमले आफू र विद्यालय योग समितिसँग जुनै पनि सहकार्य गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मिश्रले प्रमाण पत्र प्रदान गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव