भक्तपुरका तीन विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड

भक्तपुर । भारतको पंजाबमा मे २५ मा सम्पन्न भएको इन्टरनेशल स्कुल अवार्डमा भक्तपुरका तीन विद्यालयले अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल भएका छन् ।
भक्तपुर कौशलटारस्थितस्थित जनप्रेमी स्कुलले ‘बेस्ट प्रिस्कुल अफ द इएर’, गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ स्कुलले ‘स्ट्यान्डएलोन स्कुल अफ द इएर’ र दधिकोटस्थित मोर्डन बोर्डिङ स्कुलले ‘बेस्ट टिचिङ एक्सिलेन्सी अवार्ड’ प्राप्त गरेका थिए । विश्वका ४१ देशका ९ हजार ६ सय ७३ वटा स्कुल सहभागि प्रतिस्पर्धामा २४१ वटा विद्यालयले उपाधि जितेका थिए ।
यो अवार्डले स्कुललाई थप जिम्मेवारी र चुनौती थपेको जनप्रेमी स्कुलका प्रिन्सिपल निलेश आचार्य बताउँछन् । उनले अब विद्यालयको शिक्षा विधी, भौतिक संरचना लगायतमा विशेष ध्यान दिने बताए ।
सो अवार्ड प्रतियोगितामा नेपालबाट विभिन्न ७० वटा विद्यालयले नोमिनेशन गराएका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव