युनिक स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

भक्तपुर, १८ जेठ । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी स्कुलले २०७६ सालमा भर्ना भएका १७८ जना नयाँ विद्यार्थीहरुलाई स्वागत तथा २०७५ सालमा एसईई दिएर बसेका १५ जना विद्यार्थीहरुलाई विद्यालयले बिदाइ गरेका छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला विकास तथा समन्वय इकाई प्रमखु खेमनाथ पोखरेलले विद्यालयले अभिभावकसँग राख्न खोजेको सम्बन्धको खुलेर प्रशंसा गरेका थिए । उनले उक्त कार्यक्रम नौलो र मिनी अभिभावक दिवसको रुपमा लिएको बताए ।
कार्यक्रमका अतिथी एवं मध्यपुर थिमी नगरपालिका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले आफू घुमेको जिल्लाहरुमा र मध्यपुर थिमीमै पनि यस्तो खालको कार्यक्रम पहिलो पटक देखेको बताए । भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी तथा मध्यपुर प्याब्सन नगर कार्यसमितिका अध्यक्ष निलेश आचार्यले विद्यालयको प्रशंसा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुमन बस्नेतले विद्यालयको भावी योजनाको बारेमा जानकारी दिएका थिए । कार्यक्रमका सभापति एवं विव्यसका अध्यक्ष समीर शाहले विद्यार्थीलाई एउटा पूर्ण रुपमा अभिभावकको व्यवहार गरेको र त्यसले छुट्टै नतिजा दिएको बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव