ग्ल्याडस्टोन सिनियर ट्यालेन्ट कन्टेस्टको उपाधि निम्ता भट्टराईलाई

मध्यपुर थिमी, जेठ १७ । मध्यपुर थिमी मिल रोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्रगत जेठ १७ गत सिनियर ट्यालेन्ट कन्टेस्ट सम्पन्न गरेको छ ।
इ.सि.ए. बोर्डद्वारा आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका ६५ जना छात्रछात्राको सहभागिता रहेकोे थियो । विद्यालयका संस्थापक सदस्य सुरेश कुमार श्रेष्ठ र विद्यालयका शैक्षिक संयोजक गुणनिधी कोइरालाको निर्णायक मण्डली रहेको कार्यक्रममा विभिन्न चरण पार गर्दै सहभागी छात्रछात्रा मध्ये कक्षा ९ कि छात्रा रिस्ता राई बेस्ट ड्रेसको उपाधी चुम्न सफल भइन भने कक्षा १० कि छात्रा रुचि मैनालीले पर्सनालिटी अफ द इयरको उपाधी उचालिन त्यसैगरी कक्षा ९ कि छात्रा सुरक्षा भट्टराई सेकेन्ड रनरअप बन्दा कक्षा १० कि छात्रा सबु मानन्धर फर्स्ट रनरअप बन्न सफल भइन् । कार्यक्रमको प्रमुख टाइटल जित्दै कक्षा ६ कि छात्रा निम्ता भट्टराई जि.एस.ए. ट्यालेन्ट अफ दि इयर २०७६ को उपाधी उचाल्न सफल भइन् ।
कार्यक्रममा सहभागी छात्रछात्राहरुले गीत, नृत्य, प्रहसन आदि माध्यमद्वारा आफ्नो प्रतिभा प्रस्तुत गरि निर्णायक तथा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाको सभापतित्व रहेको कार्यक्रम शिक्षक विनिता प्रजापति र लोचन रञ्जितले संयोजन गरेका थिए ।
:789 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव