तेस्रो गोल्ड कप अन्तर्राष्ट्रिय डोरी तान च्याम्पियनसिपको उपविजेता जनप्रेमी स्कुल

काठमाडौं । दक्षिण एसियाली टग अफ वार फेडरेसन र नेपाली डोरी तान संघको आयोजनामा मे ३० र ३१ गते काठमाडौंको टोखास्थित भुटखेलमा तेस्रो गोल्ड कप अन्तर्राष्ट्रिय डोरी तान च्याम्पियनसिप सम्पन्न भएको छ ।
च्याम्पियनसिपमा नेपाल र भारतका ६÷६ टोलीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा श्रीलंका, बंगलादेश र पाकिस्तान पनि सहभागी हुने जनाए पनि अन्तिम समयमा नआएको संघले जनाएको छ ।
च्याम्पियनसिपमा ६४० केजी सिनियर पुरुष, ४८० केजी सिनियर महिला, ६०० केजी यू–१९ पुरुष, ४४० केजी यू–१९ महिला, ५६० केजी मिक्स र ५४० केजी मिक्स स्पर्धामा प्रतिस्पर्धामा भक्तपुरको जनप्रेमी स्कुल उपविजेता भएका थिए । जनप्रेमी स्कुल फाइनल खेलमा भारतसँग २—० ले पराजित भएका थिए ।
नेपाली खेलाडीको छनोट हिसान खेलकुद प्रतियोगिताबाट गरिएको आयोजकले बताए । च्याम्पियनसिपमा सहभागी हुन भारतबाट एक सय ४० खेलाडी नेपाल आएका थिए ।
च्याम्पियनसिपको व्यवस्थापने श्री भगवती क्लबले गरेको थियो ।
:550 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव