नवनीत टड्लर्स जोनले मनाए अन्तर्राष्ट्रिय पोषण दिवस (फोटो फिचर)

काठमाडौँ । नवनीत टड्लर्स जोनले अन्तर्राष्ट्रिय पोषण दिवसको अवसारमा ब्रिटिस काउन्सिलद्वारा आयोजित अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०१८–२०१९ मा कक्षा २ का विद्यार्थी र शिक्षकहरूले गरेका परियोजना–लोकल फूड अफ नेवारी कल्चरको पाश्चात (पोष्ट) क्रियाकलापको रुपमा मनाएका छन् ।
कार्यक्रममा कक्षा १, २ र ३ का विद्यार्थीका आमाहरूलाई विशेष निम्तो गरिएको थियो भने कार्यक्रममा विशेष क्रियाकलापका लागि पोषण विशेषज्ञ डा. मिरा शाह, योगा प्रशिक्षक सृजना राजवहक कक्षापति, जुम्बा प्रशिक्षक मेनुका राई उपस्थित थिए । कार्यक्रममा डा. मिरा शाहबाट सन्तुतिल भोजनबारे रोमाञ्चक प्रकारले प्रस्तुतीकरण गरेका थिए भने जुम्बा प्रशिक्षक मेनुकाद्वारा १५ मिनेटको जुम्बा अभ्यास गराइएको थियो । त्यस्तै योगा प्रशिक्षक सृजनाद्वारा मन, मस्तिष्क र शरिरलाई आराम गर्नको लागि योग अभ्यास गराएका थिए ।
कार्यक्रममा अभिभावक (आमा) र विद्यार्थी दुवैको उपस्थित भएकोले कार्यक्रम अझै प्रभावकारी भएको विद्यालयका प्रिन्सिपल नीता श्रेष्ठ बताउँछिन् । यस्ता कार्यक्रम सञ्चालन गरेर नवनीत टड्लर्स जोनले आफ्नो स्कुलको पाठ्यक्रममा अन्तर्राष्ट्रियस्तर दिएको उनी बताउँछिन् ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव