अनिल कसपालको नेतृत्वमा भक्तपुर हिसान

भक्तपुर, २० जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आज भएको चौथो जिल्ला अधिवेशनबाट मोर्डन इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य अनिल कसपाल भक्तपुर हिसानको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
कौशलटारस्थित टेस्ला ग्रीसी स्पून एण्ड लाउण्जमा भएको अधिवेशनले जनप्रेमी माध्यमिक विद्यालयका प्राचार्य निलेश आचार्य उपाध्यक्ष, सूर्यदीप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मी प्रजापति सचिव, एरुडाइट एकेडेमीका प्राचार्य दिनेश पाण्डे कोषाध्यक्ष पदमा चयन भएका छन् । अधिवेशनले एस.एस. कलेजका संस्थापक डा. बच्चुराम कार्की, चाणक्य माध्यमिक विद्यालयका प्राचार्य बासुकीराज रेग्मी र भक्तपुर निष्टका निर्देशक चन्द्र अधिकारीलाई सदस्यमा र भक्तपुर हिसानका निवर्तमान अध्यक्ष शिव कृष्ण श्रेष्ठलाई प्रमुख सल्लाहकार चयन गरेका छन् ।
केन्द्रिय हिसानका अध्यक्ष रमेश सिलवाल र केन्द्रिय उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव