विनायकमा युवा रेडक्रस सर्कल तथा ईको क्लव पुनः गठन

भक्तपुर । भक्तपुर जिल्लाको ऐतिहासिक नगरी मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन ई. से. स्कुल थिमिमा कक्षा ६ देखि १० सममका विद्यार्थीहरुको भेलाबाट हरेक कक्षाको प्रतिनिधित्व हुनेगरी ११ जनाको कार्य समिति गठन भएको छ । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा कार्य प्रणाली निर्देशिका अनुसार पुनःगठन भएको उक्त सर्कलले, विद्यालयमा प्राथमिक उमचार, स्वास्थ्य तथा सरसफाई अतिरिक्त क्रियाकलापः दैवी प्रकोप आदी सम्बन्धी विभिन्न कामहरु गर्ने छ । सर्कलमा जलज प्रजापपति अध्यक्ष, श्रया भासिमा उपाध्यक्ष, युजल प्रजापति सचिव, पारस तामाङ कोषाध्यक्ष, कृषा कर्मी सहकोषाध्यक्षमा चुनिएका छन् । सदस्यहरुमा दिलेस प्रजापति, निश्चल प्रजापति, रिदेन प्रजापति, दिप प्रजापति, हिसु प्रजापति चयन भएका छन् ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रविक्रम प्रजापति सर्कल संरक्षक, सहप्रधानाध्यापक प्रेमप्रसाद निरौला सल्लाहकारका रुपमा रहेका छन् ।
विद्यालयले आजै विनायक ईको क्लवको १९ औं साधारण सभाले जेनिशा बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । १९ सदस्यीय उक्त समितिमा ३ सदस्यहरु मनोनयन हुन बाँकी रहेको छ । विद्यार्थीहरुमा नेतृत्वकला तथा समुदायप्रतिको जिम्मेवारीबोध विकास गराउने उद्देश्यले स्थापित उक्त क्लव ध्ध्ँ, ल्भउब िको विद्यालय कार्यक्रम अन्तर्गत वि.सं. २०५८ सालमा स्थापना भएको थियो ।
हालसम्म मध्यपुरथिमि लगायत देशको वातावरणीय क्षेत्रमा अमूल्य योगदान दिईसकेको उक्त क्लवका दुई भू.पू .अध्यक्षहरुले अमेरिकामा सम्पन्न थ्यगतज म्भखभयिऊभलत एचयनचबm मा समेत सहभागिता जनाई सकेको छ । हरेक वर्ष झैं पुर्नगठित उक्त ईको क्लवले वार्षिक कार्यतालिका निर्माण गरी विविध रचनात्मक कार्यक्रमहरू संचालन गर्नेछ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव