विनायकमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

मध्यपुरथिमिस्थित विनायक शिक्षा निकेतन ई से स्कूलले शैक्षिक सत्र २०७६ को वैशाख महिनामा अभिभावक सचेतना कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । पूर्व माध्यामिक तह र कक्षा १ देखि ३ सम्मको तह हुदै वैशाख २८ गते कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका अभिभावकहरुको लागि विशिष्ट अभिभावक सचेतना कार्यक्रम तीन तहमा आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सहभागी सम्पूर्णलाई न्यानो स्वागत गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले युग सुहाउँदो शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई असल र सफल दुवै बनाउन विद्यालयसँग अभिभावकहरुको पनि विशेष हुनुपर्छ भन्ने विचार पोख्नुभयो । आफ्ना विचार राख्ने क्रममा शैक्षिक सत्र २०७६ मा विद्यालयले अवलम्वन गरेका नीति तथा कार्यक्रमहरुबारे पनि स्पष्ट पार्नुभयो ।
न्यू एभरेष्ट पार्टी प्यालेस, मध्यपुर थिमिमा सम्पन्न सोहि कार्यक्रममा विद्यालयका परामर्शदाता श्री तुल्सीहरि प्रजापतिले “असल अभिभावकत्व कला” विषयक प्रस्तुती दिनुहुदै छोराछोरीहरुलाई गुणस्तरीय नागरिकको रुपमा विकास गर्न आमा र बुवा दुवैको समान सहभागिता हुनुपर्ने, वालमैत्री गृहको निर्माणसँगै वालमैत्री व्यवहारद्घारा हेरचाह गर्नुपर्ने, छोराछोरीको उमेर, मनोविज्ञान तथा आवश्यकता अनुसार संस्कारयुक्त वातावरण निर्माण गर्नुपर्ने आदी महत्वपूर्ण विषयहरुमा सरल तथा उत्पैरित गर्नुभयो ।
त्यसैगरी, विद्यालयको नवीन सोचहरुको सकारात्मक प्रतिक्रिया दिंदै अभिभावकहरु दिलिप कुमार प्रजापति, राजेन्द« बस्नेत, भूषन श्रेष्ठले विद्यालयको नीति तथा कार्यक्रमहरुमा सहयोग तथा सहकार्य गर्नु अभिभावकहरुको कर्तव्य हो भन्ने विचार पोख्नुभयो । साथै विद्यालयको उत्तरोत्तर प्रगतिको लागि आवश्यक थप सल्लाह सुझावहरु प्नि दिनुभयो ।
कार्यक्रमको अन्त्यमा, कार्यक्रम प्रस्तोता विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि अभिभावक–विद्यार्थी–शिक्षकको त्रिकोणात्मक सम्बन्ध मजवुट र घनिष्ट हुनुपर्ने विचार राख्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको जानकारी गराउनुभयो ।
:397 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव