भुटानमा स्वर्णपदक जित्ने अनुज्ञालाई काव्य स्कुलको सम्मान

काठमाडौं, २३ जेठ । भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जित्ने काव्य स्कुल नयाँबानेश्वरकी १० कक्षाकी छात्रा अनुज्ञा सापकोटालाई काव्य स्कुलले बिहीबार सम्मान गरेको छ । महिला ४२ केजी जुनियर तौल समुहमा काव्यकी अनुज्ञाले स्वर्णपदक जितेकी थिइन ।
काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले स्वर्णपदक जितेर काव्य स्कुलको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न सफल अनुज्ञालाई विद्यालयको प्रार्थनासभामा आयोजित सम्मान समारोहमा विद्यालयको तर्फबाट टिका र खादा लगाई सम्मानपत्र प्रदान गर्दै वधाई र शुभकामना दिएका थिए ।
यसका साथै विद्यालयका संस्थापक निर्देशकद्वय धर्मेन्द्र प्रकाश राजभण्डारी र सुनिलकुमार घर्ती, माद्यमिक तहका इन्चार्ज चक्रप्रसाद दवाडी, सामाजिक विज्ञान शिक्षक गणेशकुमार दाहाल, नेपाली विषयका गुरु ठमनाथ लम्साल लगायतका शिक्षक÷शिक्षिकाले स्वर्णपदक विजेता अनुज्ञालाई वधाई तथा शुभकामना दिएका थिए ।
पढाईको साथसाथै खेलकूद, संगीत लगायतको क्षेत्रमा काव्य स्कुलका विद्यार्थी उत्तिकै अव्वल रहेको कुराको अनुज्ञाले अन्तर्राष्ट्रिय क्षेत्रमै प्रमाणित गरेको संस्थापक प्रिन्सिपल बास्कोटाले बताए । वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार उक्त अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा काव्यकी अनुज्ञाको सहित नेपालले चार स्वर्ण एक रजत र दुई कास्य जितेको थियो ।
जसअनुसार महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जितेका थिए । यसैगरी महिला ४६ केजी तौल समूहको सिनियरतर्फसर्मिला खड्काले रजतपदक, ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जितेका थिए । च्याम्पियनसिपमा पदक विजेतासबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव