मध्यपुरथिमिमा स्थानीय पाठ्यक्रम लागु

जेठ २४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागु गरेको छ ।
नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागु गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले मध्यपुर थिमी नगरपालिकाको रहनसहन, रितिरिवाज, कला संस्कृति, इतिहास, पेशा ब्यवसाय, जात्रा पर्व, संस्कार, विवाह, व्रतबन्ध, भौगोलिक बनावट, वातावरण लगायत विविध १० ओटा विषयमा अध्ययनअध्यापन गराउने जानकारी दिए ।
सांस्कृतिक पर्व सिठी नखःको अवसर पारेर नगर क्षेत्रका सबै विद्यालयले आआफ्नो विद्यालय नजिकैका पानीका मुहान, इनार, धाराको सरसफाइ गर्दै व्यावहारिक रुपमै स्थानीय पाठ्यक्रम लागु गरेको उनले बताए ।
शिक्षाविद् एवं सानोठिमी क्याम्पस विज्ञान संकाय प्रमुख रामकृष्ण दुवालको संयोजकत्वमा, बालप्रेमी स्कुलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कुलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहनेगरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो । उक्त पाठ्यक्रम १०० पूर्णाङ्कको हुने र उक्त पाठ्यक्रम सामुदायिक तथा संस्थागत विद्यालयहरुमा लागु गरेको मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख श्रेष्ठले बताए ।
मध्यपुरथिमिका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले यो वर्ष कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागु गरेको बताए । उनले आगामी वर्ष कक्षा १ र कक्षा ७ मा समेत स्थानीय पाठ्यक्रम लागु गर्ने बताए ।
:914 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव