वागीश्वरीमा Academia-Industry Dialogue सम्बन्धी कार्यक्रम सुरु

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा Academia-Industry Dialogue कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरुलाई चिनिया भाषा र पर्यटन पथप्रदर्शकको तालिम दिएको बताए ।
कुनै पनि उद्योगी देशहरुले आफ्नो बजारको निम्ति साना तथा कमजोर देशहरुमा हस्तक्षेप गर्ने बताउ“दै उहा“ले वर्तमान सरकारले विदेशीको लागि आवश्यक सस्तो ज्यामी तयार गर्ने पाठ्यक्रम लागू गरिरहेको बताए । मेची पुल बनाएको केही समयमै भत्केको, पप्पुजस्ता ठेकेदारी कम्पनीहरुको लापरवाहीलाई सरकारलाई बचाइरहेको प्रसङ्ग उद्धृत गर्दै उनले सरकार ठेकेदारहरुको चंगुलमा फसिरहेको प्रष्ट पारे ।
सरकारले शिक्षा क्षेत्रको विकासको लागि बजेटमा झन्झन् घटाउ“दै लगेको बताउ“दै उहा“ले देशको ११ वटा विश्वविद्यालयको अनुसन्धानको लागि मात्र ७ प्रतिशत बजेट छुट्याउनु लज्जास्पद रहेको बताए ।
वागीश्वरी माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले औद्योगिक प्रतिष्ठानमा पुगेर मात्र उद्योग सञ्चालनबारे थाहा हुने स्पष्ट पार्दै क्षमता र सीपको विकास गरेर मात्र स्वरोजगारको अवसरमा हात पार्न सकिन्छ बताए । वागीश्वरी माध्यमिक विद्यालयका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले इमानदारिताका साथ आफूस“ग भएको सीप दैनिक जीवनमा प्रयोग गर्न सके सफल उद्यमी बन्न सकिने बताए । सफल जीवनको आधार पढेर जागिर खानु मात्र नभएर जागिरको लागि अवसर जुटाउने तथा व्यवसायी वा उद्यमी बनाउनु झन् राम्रो हुने उनले बताए ।
वागीश्वरी अनुसन्धान व्यवस्थापन विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा विकल प्रजापति, मोहनकृष्ण श्रेष्ठ, अविना श्रेष्ठलगायतले आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमको पहिलो दिनमा प्रा.डा. पुष्कर बज्राचार्य, रामप्रसाद प्रजापति, कृष्णमुरारी न्यौपाने, लक्ष्मी अवाल, राजुमान बज्राचार्य र डा. किशोर हाकुदुवालले विभिन्न विषयमा बोलेका थिए ।
:433 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव