दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।
जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप भिजनलाई १—० ले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेलको निर्णायक गोल गरेका मोनास्टिक स्कुलका सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथी तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्ण हरि थापाले विजयी विजयी मोनास्टिक स्कुललाई २५००० नगद सहित ट्रफी प्रदान थिए भने उपविजेता बेष्ट गु्रप भिजन स्कुललाई १५००० नगद सहित ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको फेयर प्ले अवार्ड ग्लोबल पब्लिक स्कुलले पाएको थियो भने उत्कृष्ट रक्षापंक्ति मोनास्टिक स्कुलका आदेश तामाङ भएका थिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोनास्टिक स्कुलका रुपेश गजमेर, उत्कृष्ट मिडफिल्ड बेष्ट गु्रप भिजन स्कुलका गणेश थापा, उत्कृष्ट स्ट्राइकर बेष्ट गु्रप भिजन स्कुलका आयुष खड्की उत्कृष्ट कोच मोनास्टिक स्कुलका सरोज लामिछाने र उत्कृष्ट खेलाडी मोनास्टिक स्कुलका युवराज अधिकारी भएका थिए ।

:660 Views

Leave a Reply