विनायकमा चुनावी रौनक

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुलमा मतदान प्रक्रियाद्वारा विभिन्न सदनका क्याप्टेन, भाइस क्याप्टेनका साथै स्कुल प्रेसिडेन्ट छात्र र छात्रा छनौट भएका छन् ।
करिव २ साता अगाडिदेखि निश्चित समय छुट्याएर विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउँदै आएको विद्यालयले गोप्य मतदानद्वारा आफ्ना सदनका प्रतिनिधिसमेत विद्यालयकै प्रेसिडेन्ट छनोट गरेका छन् । निर्वाचन आयोगले निर्वाचन गराउँदाका सम्पूर्ण प्रक्रिया (उम्मेदवारको मनोनयनदेखि नाम फिर्ता, उम्मेदवारी विरुद्ध उजुरी, दाबी विरोध लगायत) गराइएको थियो । कक्षा ४ देखि १० सम्मका करिब ६ सय विद्यार्थीहरुले निर्वाचनमा भाग लिएका थिए ।
विद्यालयको अतिरिक्त क्रियाकलाप विभाग र सामाजिक शिक्षा विभागको संयोजनमा सम्पन्न निर्वाचनमा कान्जिरोवाबाट छात्र क्याप्टेन सुरज श्रेष्ठ र छात्र भाइस क्याप्टेन प्रतिक प्रजापति छात्रा क्याप्टेन जेनिसा बस्नेत छात्रा भाइस क्याप्टेन स्नेहा बस्नेत निर्वाचित भए यस्तै एभरेस्टबाट छात्र क्याप्टेन पारस तामाङ, छात्र भाइस क्याप्टेन रोनिक जोशी श्रेष्ठ र छात्रा क्याप्टेन सकिरा चक्रधर छात्रा भाइस क्याप्टेन श्रुति कारन्जित छनोट भए । यसैगरी कन्चनजङ्घाबाट छात्र क्याप्टेन सम्राट प्रजापति र छात्र भाइस क्याप्टेन रोनिक भासिमा एवं छात्रा क्याप्टेन आयुस्मा मानन्धर छात्रा भाइस क्याप्टेन सजी चक्रधर भएभने फिसटेल हाउसबाट छात्र क्याप्टेनमिलन आलेमगर र छात्र भाइस क्याप्टेन मनिक प्रजापति छात्रा क्याप्टेन रुजा प्रजापति छात्रा भाइस क्याप्टेन श्रीया श्रेष्ठ निर्वाचित भए ।
यसैगरी सबै सदनबाट सम्पूर्ण विद्यार्थीहरुको मतदानद्धारा स्कूल प्रेसिडेन्टमा कक्षा १० का भाई निखिल प्रजापति छात्रतर्फ र कक्षा १० कै बहिनी टिना प्रजापति छात्रातर्फ निर्वाचित भए । सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिँदै विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विक्रम प्रजापतिले यस्ता कार्यक्रमले विद्यार्थीहरुको व्यावहारिक पक्षलाई जोड दिएको बताए । यसैगरी शिक्षण सिकाइमा व्यावहारिकता र संस्कारयुक्त शिक्षको महत्व रहेको धारणा समेत प्रिन्सिपलले राखेका थिए । निर्वाचित क्याप्टेन, भाइस क्याप्टेन एंव स्कुल प्रेसिडेन्ट छात्र र छात्रालाई पुरस्कार एंव व्याज वितरण गरिएको थियो ।
:625 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव