अभिभावक सुध्रन तयार हुनुपर्छ

बच्चा सानो उमेरमा छँदा अभिभावकबाट उनीहरू पीडित भएको हुन्छन् । उनीहरू डराइरहेका हुन्छन्, नचाहेका काम पनि गर्नुपर्ने हुन्छ । भर्खरै विद्यालय जान पाएको हुँदैन अभिभावकले बच्चालाई पढ्न र लेख्नमा जोड दिने गर्छन् ।

सो बच्चा लेख्न र पढ्न मानसिक र शारिरीक रूपमा स्वस्थ छ कि छैन भनेर नबुझी व्यवहार गर्नु गलत हो । एउटा बच्चाले २ वर्षमा लेख्यो भन्दैमा अर्को बच्चाले पनि २ वर्षमा नै लेख्नुपर्छ भन्नु गलत हो । उसले यातना पाएको हुन्छ । आमाबुवालाई खुसी पार्न सहनशील भई उनीहरूले भनेको पनि मान्दछ ।

त्यस्तै बालबालिकाको उमेर बढ्दै गएपछि आमाबुवाले आशा राखेको कुरा बच्चाबाट पाउँदैन अनि अभिभावक पीडित हुन थाल्छ । ठूलो कक्षा अर्थात् १२–१३ वर्षको उमेरमा बच्चालाई अन्य बच्चासँग अभिभावकहरूले तुलना गर्न थाल्छन् । अनि उनीहरू पीडित हुन थाल्छन् ।

तर अभिभावकले बालबालिकालाई जन्मेदेखि नै राम्रो व्यवहार देखाएमा बच्चा पछि ठूलो उमेरमा बिग्रन पाउँदैन । बुवाआमा बच्चाको लागि उदाहरणीय बन्न सक्नुपर्छ ।

बच्चालाई मात्र समस्याको रूपमा लिएर हुँदैन, अभिभावक नसुध्रिएसम्म बच्चा सुधार्न सकिँदैन । बच्चा मात्र सुधार्न सकिँदैन । त्यसको लागि अभिभावकमा पनि सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।

जग राम्रो भएमा घर बलियो हुन्छ भने झै सानो उमेरमा बालबालिका राम्रो वातावरणमा हुर्किएमा ऊ बिग्रन पाउँदैन ।

विद्यालयले अभिभावक शिक्षाको कार्यक्रम राखेको छ भने त्यसमा उपस्थिति जनाउन अभिभावक लाग्नुपर्छ । अभिभावकले बच्चालाई सुधार्ने मात्र भनेर हुँदैन अभिभावकले आफूमा पनि केही कमजोरी छ कि भनेर सोच्नुपर्छ र आफूमा पनि सुधार गर्नुपर्छ ।

बच्चालाई मात्र समस्याको रूपमा लिएर हुँदैन, अभिभावक नसुध्रिएसम्म बच्चा सुधार्न सकिँदैन । बच्चा मात्र सुधार्न सकिँदैन । त्यसको लागि अभिभावकमा पनि सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।

विद्यालयले प्रदान गर्ने अभिभावक शिक्षामा सहभागी हुने र पढ्न सक्ने अभिभावकले विभिन्न किताब, म्यागेजिन पढेर के गर्ने र के नगर्ने भन्ने कुरा सिक्न सक्नुहुन्छ ।

बालबालिका राम्रो बनाउने जिम्मेवारी अभिभावककै हो । आफ्नो बच्चालाई स्वस्थ वातावरणमा हुर्काउने जिम्मेवारी अभिभावककै हो ।

कुनै बच्चाको व्यवहार परिवर्तन किन भयो, उसले किन सिक्न सकेन जस्ता विषय जानेर समाधान गर्न बाल मनोविज्ञको व्यवस्था गर्नुपर्छ प्रत्येक विद्यालयले ।

त्यस्तै प्रत्येक शिक्षकले बाल मनोविज्ञान बुझ्नु आवश्यक छ । संस्कार र अनुशासन सिकाउने, पढ्नमा जागृत बनाउने वातावरण बालबालिकाको सानै उमेरमा व्यवस्था गरिनुपर्छ ।

बालमनोविज्ञ गंगा पाठक

:325 Views

Leave a Reply