आयुष केसीलाई १ लाख पुरस्कारसहित मोर्डन स्कुलमा सम्मान

भक्तपुर । भारतीय टेलिभिजन जी टि.भीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष के.सीलाई मोडर्न स्कुलले सम्मान गरेको छ ।

सूर्यविनायक नगरपालिका, दधिकोटस्थित मोडर्न स्कुलले आयोजना गरेको सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, विद्यालयका अध्यक्ष बाबुकाजी कसपाल तथा प्राचार्य अनिल कसपालले एक लाख रुपैयाँ सहित सम्मान गरेका थिए ।

मोर्डन स्कुलको कक्षा ८ मा अध्ययनरत आयुष केसीले आफू ८ महिना पछि आफ्नो विद्यालयले गरेको स्वागतले आफू खुसी भएको र जिम्मेवारी थपेको बताए । उनले अगामी दिनमा साँगीतिक क्षेत्रलाई अगाडी बढाउने बताउँदै आफ्नो कमजोरीहरुलाई सच्याएर जाने बताए । उनले कार्यक्रममा नेपाली तथा हिन्दी गीतहरु गाएका थिए ।

कार्यक्रममा सूर्यविनायक नपाका प्रमुख बासुदेव थापाले आयुष केसीले भारतको रियालिटी शोमा भाग लिएर नेपालको नाम विश्व सामु चिनाउन सफल भएको भन्दै प्रशंसा गरेका थिए । केसीलाई बधाई दिदै विद्यालयका प्रिन्सिपल अनिल कसपालले प्रतियोगितामा चौथो भए पनि स्कुल र देशको लागि ऊ विजयी भएको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा इकाइका प्रमुख खेमनाथ पोखरेल, विद्यालय अध्यक्ष बाबुकाजी कसपाल, आयुष केसीका बुबा, सूर्यविनायक नगरपालिका वडा नंं ४ का वडाध्यक्ष उत्तम थापा लगायतले उनलाई बधाई दिएका थिए ।

सारेगमप लिटल च्याम्प्सको २०१९ को संस्करणमा नेपालबाट भाग आयुष केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । केसी चौथो र आचार्य तेस्रो स्थानमा आउन सफल भएका थिए ।

:265 Views

Leave a Reply